एजेन्सी । भारतको सर्वोच्च अदालतले बीएस थ्रीको बिक्रीमा रोक लगाएको छ । सर्वोच्च अदालतले आगामी अप्रिल १ देखि सो सवारी बेच्न रोक लगाएको हो ।
सर्वोच्चको आदेशअनुसार १ अप्रिलपछि बीएस थ्री सवारीको दर्ता हुनेछैन । यसबाट करिब ८.२४ लाख बीएस थ्री सवारीको दर्ता हुनेछैन जसको अझै बिक्री भएको छैन ।
सुनुवाईका क्रममा सरकारले अधिसूचना म्यानिफ्याक्चरिङसम्म सीमित भएको र बिक्रीमा नभएको जनाएको थियो । यसअघि सुनुवाईका क्रममा एमिकस क्युरीले ठूला सहरका घना बस्तीमा प्रदुषण खतरनाक स्तरमा रहेको जनाएको थियो ।
चारपांग्रे सवारी निर्माताले पर्यावरण सुरक्षा अधिनियमको पालना गर्नुपर्ने अदालतको भनाई छ । सरकारले अटोबोबाइल कम्पनीले केबर बीएस फोर सवारी बनाएर बेचेपनि लाभ कमाउने चक्करमा बीएस थ्री सवारी बनाउन कम नगरेको जनाइएको छ ।
सरकारको नयाँ आदेश लागु हुनुअघि नै सर्वोच्चले सबै अटोमोबाइल निर्मातालाई बीएस थ्री सवारीको स्टकको विवरण दिन निर्देशन दिएको थियो ।
सर्वोच्च अदालतले सन् २०१६ को जनवरीदेखि हरेक महिना सवारीको बिक्रीको हरेक महिला तथ्यांक बनाउन भनेको थियो । यसको आंकडा थाहा पाएपछि ३१ मार्चपनि बीएस थ्रीको बिक्रीमाथिको मुद्दाको फैसला गर्ने बताएको थियो ।
अटोमोबाइल कम्पनी बजाजले सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै ३१ मार्चपछि बीएस थ्रीको बिक्रीमाथि रोक लगाउन निर्देशन दिन माग गरेको थियो ।
सोही अनुसार १ अप्रिल २०१६ देखि बीएस थ्री सवारी बेच्न रोक लगाएको थियो । तर पनि यो समयलाई बढाएर १ अप्रिल २०१७ सम्म बनाएको थियो ।































