
काठमाडौं । यहि चैत्र १८ गतेबाट रिलिज हुन लागेको नायिका रेखा थापा अभिनित चलचित्र ‘पलाँस’लाई सेन्सर बोर्डले ‘एडल्ट’ सर्टिफिकेट दिएको छ ।
अब चलचित्र ‘पलाँस’लाई भने १६ बर्षभन्दा माथिकाले मात्रै हेर्न पाउने भएका छन् ।
नायिका रेखा थापाले अभिनय गर्ने प्रायः चलचित्र हेर्न कुनै पनि वर्गका दर्शकलाई रोक लाग्दैन । रेखाले अभिनय गर्ने चलचित्र पारिवारिक हुन्छ । तर यस चलचित्रलाई भने केहि संवादका कारण एडल्ट सर्टिफिकेट सँगै १६ बर्ष तलका बालबालिकाले हेर्न नपाउने भएका हुन् ।
सेन्सर सकेपछि निर्मात्री कृषा चौलागाइले भनिन्–‘चलचित्रको केहि संवादका कारण एडल्ट सर्टिफिकेट मिलेको हो । तर, सेन्सरले कुनै दृश्य र संवाद काटेको छैन ।
सुवास कोइरालको निर्देशन रहेको फिल्म ‘पलाँस’ वोर्डरमा हुने चेलिबेटी ओसारपसारमा केन्द्रित छ । सुशन प्रजापतीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ ।