हिटलरको नाजी क्याम्प बाहिर किन भयो नग्न प्रदर्शन ?

प्रकाशित मिति : २०७३ चैत्र १३

एजेन्सी । पूर्व नाजी क्याम्पको स्थानमा बनेको आत्स्विज संग्रहालयको बाहिर नग्न प्रदर्शन गर्ने ११ जनालाई पोल्यान्ड प्रहरीले हिरासतमा लिएको छ ।

संग्रहालयको भनाई अनुसार केही मानिसले एक जनाको हत्या गरी कपडा उतारेर चेनले बाँधेका थिए । यो घटना गेटको ठीक तल भएको हो जहाँ ‘वर्क मेक्स यु फ्रि’ भन्ने नारा लेखिएको छ ।

अधिकारीहरुले अहिलेसम्म यो प्रदर्शनको उद्देश्य के थियो भन्ने पुष्टि भइसकेको छैन । प्रदर्शनकारीलाई प्रहरीले तत्काल पक्राउ गरी कपडा लगाइदिएका थिए ।

यो स्थान दक्षिणी शहर ओशभियेनसीममा पर्दछ र यसलाई सर्वसाधारणका लागि बन्द गरिएको छ । प्रदर्शनकारीको उमेर २० देखि २७ वर्षबीचको रहेको छ ।

स्थानीय प्रहरीका प्रवक्ताले सात जना पुरुष र चार जना महिला रहेका थिए । उनीहरुमा ६ जना पोल्यान्ड निवासी, चार जना बेलारुसका र एक जना जर्मनीका नागरिक रहेका छन् ।

स्थानीय मिडियाका अनुसार उनीहरुले घटना खिच्नका लागि ड्रोन क्यामेराको प्रयोग गरेका थिए भने गेटमा सेतो ब्यानर लगाएका थिए, जसमा रातो रंगले ‘लभ’लेखिएको थियो ।

वार्सामा रहेका बीबीसीका पत्रकार एडम ईस्टर्नले केही उनीहरुले युक्रेन युद्धका विरुद्ध प्रर्दशन गरेको खबर आएको बताएका छन् ।

आत्स्विज संग्रहालयले भनेको छ, ‘आत्स्विजको प्रतिक कुनै प्रकारको आयोजनामा प्रयोग गर्न स्वीकार्य छैन । यो जर्मन नाजी आत्स्विज डेथ क्याम्पका पीडितप्रति अपमानजनक हो ।’ यस क्याम्पमा नाजीले करिब ११ लाख मानिसको हत्या गरेको थियो । यसमा १० लाख यहुदी थिए ।