धनगढी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका से ५ प २०७१ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको लु ३ त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीसँग ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनापछि घाइते दुई जनाको पद्मा अस्पताल अत्तरियामा र एक जनाको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर