बोडा संग्रहालयबाट ४० करोड बराबरका सुनका सिक्का चोरी

बोडा संग्रहालयबाट ४० करोड बराबरका सुनका सिक्का चोरी

एजेन्सी । जर्मनीको एक संग्रहालयबाट करिब ४० लाख अमेरिकी डलर अर्थात करिब ४० करोड रुपैया बराबरको सुनको सिक्का चोरी भएको छ ।

जर्मनीको राजधानी बर्लिनस्थित बोडा संग्रहालयबाट चोरी भएका क्यानडामा बनेका सिक्काको प्रत्यक्ष मूल्य (फेसभेल्यु) १० लाख डलर अर्थात १० करोडभन्दा बढी पर्दछ ।

यी सिक्काको तौल १ सय किलोग्राम छ । २४ क्यारेट शुद्ध सुनबाट बनेका कारण यी सिक्काको वास्तबिक मूल्य अंकित मूल्यभन्दा बढी थियो । संग्रहालयको सुरक्षा व्यवस्थालाई समेत चक्मा दिएर करिब आधा मिटर ब्यास भएका सिक्का चोरी भयो भन्नेबारेमा केही खुल्न सकेको छैन ।

प्रहरीले कुनै एक व्यक्तिका लागि यो सिक्का लैजान सजिलो नभएको भन्दै चोर झ्यालबाट भित्र छिरेर चोरी गरेको हुनसक्ने अनुमान गरेको छ ।

प्रहरी प्रवक्ता विनफ्रिट वेन्टसलले समाचार एजेन्सी रोएटर्सलाई भने, ‘अहिलेसम्म प्राप्त सूचनाका आधारमा चोरले रेलमार्ग नजिक रहेको संग्रहालयको झ्याल फुटाएर संग्रहालय भित्र पस्न सफल भयो ।’

उनले भने, ‘यो सिक्का भवनभित्र एक बुलेटप्रुफ सीसामा राखिएको थियो । यो सिक्का तीन सेन्टिमिटर चौडा र ५३ सेन्टिमिटर ब्यास भएका छन् ।

यी सिक्काको एकापट्टी बेलायती महारानी एलिजाबेथ द्वितीयाको तस्बिर र अर्कोतर्फ क्यानडाको राष्ट्रिय चिन्ह अंकित रहेको छ ।