एसिया कप छनोट फुटबलमा आज नेपाल र फिलिपिन्स भिड्दै

एसिया कप छनोट फुटबलमा आज नेपाल र फिलिपिन्स भिड्दै

काठमाडौं । एसिया कप छनोट फुटबलअन्तर्गत तेस्रो चरणको पहिलो खेलमा आज नेपालले फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ ।

फिलिपिन्सको राजधानी मनिलास्थित रिजाल मेमोरियल रंगशालामा हुने खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ ।

फिलिपिन्सलाई घरेलु मैदान, मौसम र समर्थकको साथ हुनेछ भने नेपाललाई पछिल्ला प्रतियोगिताहरुमा गरेको अपराजित प्रदर्शनको हौसला हुनेछ ।

यसअघि विश्वकपको समेत छनोट मानिएको खेलमा भारतसँग पराजित हुँदै नेपाल एसिया कप फुटबलको समेत पहिलो चरणबाटै बाहिरिएको थियो ।

तर तेस्रो चरणका लागि छनोट भएको ग्वामले आन्तरिक कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि तथा घरेलु फुटबल संघमा लागेको प्रतिबन्धका कारण कुवेतले प्रतिस्पर्धा गर्न नपाउने भएपछि एएफसीले सोलिडारिटी कपको फाइनलमा खेलेका नेपाल र मकाउलाई यो अबसर दिएको हो ।

तेस्रो चरणको छनोटमा नेपालले समुहमा फिलिपिन्ससँगै ताजकिस्तान र यमनसँग खेल्नेछ । प्रत्येक टोलीले होम एण्ड अवेका आधारमा एक अर्कासँग दुई÷दुई खेल खेल्नेछन् ।

समुहबाट छानिएका टोलीले सन् २०१९ मा संयुक्त अरब ईमिरेट्स युएईमा हुने एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछन् ।

एशियन कपका लागि हालसम्म १२ टोली छनोट भईसकेकका छन् भने बाँकी १२ टोलीका लागि २४ टोलीले छनोट खेलिरहेका छन् ।