काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओबामाको शासनकालमा जलवायु परिवर्तन रोक्न जारी गरिएको नीति रद्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पको हस्ताक्षरसँगै पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा लागु गरिएका आधा दर्जन नीति रद्द भएका छन् ।
नयाँ आदेशले ओबामाको स्वच्छ उर्जा योजना पनि रद्द गरिएको छ । योजनामा पेरिस सम्झौताको आधारमा अमेरिकाका सबै राज्यमा कार्बन उत्सर्जनको सीमा घटाउने व्यवस्था थियो ।
हस्ताक्षर पछि बोल्दै राष्ट्रपति ट्रम्पले कोइलालाई लिएर भएको विरोध र रोजगारी अन्त्य गर्ने नीति अन्त्य हुने बताएका छन् ।
चुनावी अभियानका क्रममा ट्रम्पले सन् २०१५ मा भएको जलवायु परिवर्तन सम्झौताबाट अमेरिकालाई अलग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।