काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा केहीबेरपछि बस्ने बैठकमा आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचत उपयोगबारे पार्टीको निर्णयलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल हुनेछ ।
क्रान्तिकारी माओवादी पार्टीलाई निर्वाचन प्रयोजनका लागि दर्ता नगर्ने निर्णय गरिसकेका कारण निर्वाचनमा मोर्चाले निर्वाचनमा सहभागिताबारे थप निर्णय गर्ने जनाएको छ ।
मंगलबार सम्पन्न पार्टीको बैठकले बैशाख ३१ को स्थानीय तहको निर्वाचनलाई क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेको थियो ।































