काबुलमा आत्मघाती आक्रमण, १४ नेपालीको हत्या, अन्य पाँचजना घार्इते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान आत्माघाती आक्रमण गरी १४ नेपालीको हत्या गरिएको छ । विद्रोहीले गराएको आक्रमणमा परी मारिने सबै १४ जना नै नेपाली भएको पुष्टि भएको हो । काबुलमा सोमाबार बिहान मिनीबसमाथि आत्माघाती बम आक्रमण भएको थियो । अफगान गृहमनत्रालयले आक्रमणमा परी मारिने सबै १४ जना नै नेपाली रहेको पुष्टि गरेको हो […]

नौ महिनापछि संसद् नियमावली पारित, पाँच दलको भागबण्डामा बन्यो सुनुवाइ समिति

काठमाडौं । संविधान जारी भएको नौ महिनापछि ब्यवस्थापिका संसदको नियमावली संसदबाट पारित भएको छ । ब्यवस्थापिका संसदको आइतबार बसेको बैठकले नियमावली पारित गरेको हो । संविधान जारी भएको तीन हप्तापछि २०७२ असोज २५ गतेको रुपान्तरित संसदको बैठकले व्यवस्थापिका संसद् नियमावली मस्यौदा समिति बनाउने निर्णय गरेको थियो ।  १५ सदस्यीय सुनुवाई समिति, गुरुङ सभापति सत्तारुढ दलहरु […]

प्रस्तावित राजदूतहरुमाथि आर्थिक अनियमिताको अभियोग

काठमाडौं । सरकारले भागबण्डाका आधारमा सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये अधिकांशमाथि आर्थिक अनियमितताको अभियोगमा अनुसन्धान भइरहको छ । उनीहरुमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारको अनुसन्धान पूरा नभई सरकारले उनीहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सरकारले २ महिनाअघि विभिन्न मुलुकका लागि एकैपटक २१ राजदूतको नाम सिफारिस गरेको थियो । कूटनीतिक […]

पूर्व राष्ट्रपतिको घरबेटीले मुद्दा हाले

काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवको घरबेटीले सरकारविरुद्ध मुद्दा दर्ता गराएका छन् । पटकपटक घरभाडाका लागि पहल गर्दा पनि सरकारले वास्ता नगरेपछि पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई राखिएको घरका धनीले सरकारविरुद्ध मुद्दा दायर गरेका हुन् । पूर्व राष्ट्रपति यादवलाई हतार हतार गरी सारिएको घरका लागि मासिक १ लाख ३० हजार रुपैयाँ तिर्ने गरी रविभक्त विष्टको […]

दश केजी सुनसहित पक्राउ परेका तिब्बती जेल चलान

काँकडभिट्टा । दश केजी सुनसहित भद्रपुर एयरपोर्टमा पक्राउ परेका एक तिब्बती विद्यार्थी तेन्जिङ सेडुक धरौटी रकम बुझाउन नसक्दा जेल चलान भएका छन् । सेडुकले झापा जिल्ला आदालतले मागेको रु चार करोड ३१ लाख ७२ हजार ५२५ बुझाउन नसक्दा जेल चलान भएका हुन् । सुनसहित भद्रपुर एयरपोर्टबाट पक्राउ परेका सेडुकलाई झापा जिल्ला अदालतको थुनछेकको आदेशमा कारागार […]

फोरम लोकतान्त्रिकले सरकार नछाड्ने

काठमाडौँ । सत्तारुढ मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक ले राष्ट्रिय सहमतिको सरकार नबनुन्जेल वर्तमान गठबन्धनको सरकारलाई निरन्तरता दिने निर्णय गरेको छ । पार्टीको विराटनगर महाधिवेशनपछि राजधानीमा बसेको पहिलो बैठकले बहुमतीय सरकारको विकल्प बहुमतीय सरकार हुन नसक्ने ठहर गर्दै राष्ट्रिय सहमतिको सरकार नबनेसम्म अहिलेको सरकारको औचित्यता कायमै रहेको निष्कर्ष निकालेको हो । केन्द्रीय समिति बैठकको निर्णय […]

क्रान्तिकारी माओवादीको राष्ट्रिय भेला अाज, करिब सात सय प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) को राष्ट्रिय भेला सोमबारदेखि राजधानीमा सुरु हुदैछ । राष्ट्रिय भेलाको राष्ट्रिय सभागृहमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले उद्घाटन गर्दैछन् । एक महिनाअघि पार्टीबाट नेता रामबहादुर थापा बादलको समूह बाहिरिएपछि पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको भावी रणनीति तय गर्नका लागि क्रान्तिकारी माओवादीले राष्ट्रिय भेला बोलाएको हो । गत जेठ ६ गते […]

एकताले छोएन इटहरीलाई, क्रान्तिकारी माओवादीको बलियो उपस्थिति

सुनसरी । सुनसरीको इटहरीमा एकीकृत नेकपा माओवादी र क्रान्तिकारी माओवादीका नेता रामबहादुर थापा बादलको समूहबीच भएको एकताले कुनै प्रभाव पारेको छैन । एक १ जना पोलिटव्यूरो सदस्य, ३ केन्द्रीय सदस्य, १२ राज्य सदस्य, ३१ जिल्ला सदस्य, ७५ नगर सदस्य र करिव १२ सय पार्टी सदस्य रहेको ईटहरी उपमहानगरपालिकामा क्रान्तिकारी माओवादीको वादल समुह र एकीकृत माओवादी […]

एसएलसीमा डी र ई ल्याउनेले सीटीर्इभीटीमा पढ्न पाउने

काठमाडौं । एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई लक्षित गरेर प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले १८ महिने प्राविधिक शिक्षा पढाउने भएको छ । एसएलसीको नतिजाअनुसार सामान्य धारका पढाइमा भर्ना हुन नसक्ने र भर्ना हुननसक्ने क्षमता भएका भए पनि प्राविधिक शिक्षा पढ्न चाहने विद्यार्थीले यो कोर्स पढ्न पाउने भएका हुन ।

संघीय गठबन्धनको रिले अनसन जारी

काठमाडौं । मधेसी–जनजाति सम्बद्ध संघीय गठबन्धनको रिले अनसन काठमाडौंमा जारी जारी रहेको छ । नयाँ संविधान जारी हुनुअघिदेखि नै शुरु भएको मधेस आन्दोलन जेठ १ गतेदेखि राजधानी केन्द्रित गरिएको छ । तराई–मधेसमा आन्दोलनको अगुवाइ गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित विभिन्न २९ दलीय संघीय गठबन्धनले जेठ २५ गतेदेखि राजधानीको खुलामञ्चमा रिले अनसन गर्दै आएको छ । अनसनमा […]