क्रान्तिकारी माओवादी बाँकेको अधिवेशन सम्पन्न

क्रान्तिकारी माओवादी बाँकेको अधिवेशन सम्पन्न

नेपालगञ्ज । नेकपा (क्रान्तिकारी माओवादी) बाँकेको प्रथम जिल्ला अधिवेशन सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ । पार्टी पिविएम तथा पाँच नं. प्रदेशका कार्यवाहक सचिव भीषणको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले १३ पूर्ण र ४ वैकल्पिक गरी १७ जनाको जिल्ला समिति निर्वाचित गरेको छ । अधिवेशनले अर्जुनलाई जिल्ला सचिवमा चयन गरेको छ ।

अधिवेशनमा पार्टीको केन्द्रीय सदस्य शिशिर, बाँके बर्दिया ईन्चार्ज सङ्कुल, बर्दिया सेक्रेटरी लोकेश लगायतका नेताहरूको उपस्थिति रहेको थियो । नव निर्वाचित समितिको बैठकले जनसंघर्षका कार्यक्रम र संगठनात्मक कामलाई तिब्रता दिने निर्णय समेत गरेको छ ।