काठमाडौंं जेठ २२ । सगरमाथा आरोहण गर्दा चुचुरोमा पुग्न चढ्नुपर्ने अन्तिम चट्टानी भीर हिलारी स्टेप २०७२ को भूकम्पले खसालेको दाबी गरिएको छ । यो दाबी विदेशी पर्वतारोही टिमबाट हुने गरेको छ । पर्वतारोही टिमहरुमध्ये बेलायती टिमले ‘यो दाबी मात्र नभई सत्य भएको’ पनि बताएको छ ।
तर यो स्टेप भत्किएपछि उक्त अन्तिम चट्टानी भीर झनै अप्ठेरो बनेको छ, पर्वतारोहीहरुका लागि । सगरमाथाको दक्षिणपूर्वी मोहडामा रहेको यो स्टेप सगरमाथा आरोहीहरुका लागि मूल गेट नै थियो ।
तर नेपालको आधिकारिक निकायले यसबारेमा अझैसम्म मुख खोलेको छैन ।



























