सिकल सेल रोग थारुजातिमा बढि

सिकल सेल रोग थारुजातिमा बढि

काठमाडौंं जेठ २२ । सिकल सेल रोगलाई सामान्य रुपमा वंशानुगत रोग जस्तै मानि आएको छ । यो रोग मलेरियाबाट पुस्तौंपुस्ता सताइएका मानिसहरुमा देखा पर्ने गरेको छ । यो रोग लागेका मानिसको रातो रक्त कणिकाको आकार हँसियाको आकार जस्तो हुन्छ ।

सामान्यतया मानिसको रातो रक्त कणिका गोलाकारमा रहने गरेको हुन्छ । तर हँसिया आकारका रातो रक्त कणिका देखिएमा यसलाई सिकल सेल रोग भनिन्छ । यो रोगको पहिचान हाल आधिकारिक रुपमा नै विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले पनि गरी विश्वमा यसलाई उन्मूलन गर्ने दिशामा अघि बढिरहेको छ ।

थारु जाति नेपालमा औलो उन्मूलन हुनु पूर्वदेखि नै औलोको प्रकोप रहने स्थानहरुमा बसोबास गर्दै आएकाले यो रोग यो समुुदायमा व्यापक जस्ते देखिन आएको छ ।