पौडीमा गौरिकालाई ८ स्वर्ण

प्रकाशित मिति : २०७५ जेष्ठ २२

काठमाडौं, जेठ २२ । विश्व ओलम्पिक खेलकी पौडीवाज गौरिका सिंहले २२ औं खुला राष्ट्रिय च्याम्पियनशिपमा आफूले भाग लिएका ८ वटै इभेन्टहरुमा स्वर्ण पदक प्राप्त गर्ने सौभाग्य पाएकी छिन् ।

राजधानी काठमाडौंमा आयोजित प्रतियोगितामा आठ ओटै स्वर्ण जितेर उनी कीर्तिमान कायम गर्न सफल भएकी हुन् ।

उनले महिला २०० मिटर फ्रिस्टाइल, १०० मिटर बटरफ्लाई, १०० मिटर ब्याक स्ट्रोक, ५० मिटर फ्रिस्टाइल, २०० मिटर व्यक्तिगत मिङ्ले, १०० मिटटर फ्रिस्टाइल, ५० मिटर बटरफ्लाई र ५० मिटर ब्याकस्ट्रोकमा सहभागिता जनाएकी थिइन् ।