टिचिङ अस्पतालमा हाडजोर्नीको नयाँ प्रविधि

टिचिङ अस्पतालमा हाडजोर्नीको नयाँ प्रविधि

काठमाडौं, जेठ २२ । नेपालको त्रिभुवन विश्वविद्यालय अन्तर्गतको टिचिङ अस्पतालमा हाडजोर्नीको नयाँ प्रविधि र तदनुसारको सेवा भित्र्याइएको छ । अस्पताल परिसरभित्र रहेकामध्ये गण्ेशमान सिंह भवनको एउटा नयाँ वार्डमा यस प्रविधि र सेवालाई सुचारु गर्न थालिएको छ ।

हाडजोर्नीका लागि आवश्यकता तथा माग दुवै हुँदै आएको प्रविधि र सेवा भित्रिएपछि टिचिङ अस्पताल पनि एशियाका टप सेवा प्रदायक अस्पतालहरुको हाराहारीमा सेवा प्रदान गर्ने स्तरमा पुग्न थालेको छ । हाडजोर्नीका लागि भित्र्याइएको यो नयाँ प्रविधि र सेवाले बिरामीहरुलाई आईसीयु बराबरको सेवा प्रदान गर्ने भएको छ ।

करिब ६ करोडको लगानीमा बनेको उक्त वार्डमा अबदेखि हाडजोर्नीका बिरामीहरुले सघन उपचार पाउने भएका छन् । हाडजोर्नीका बिरामीको शल्य क्रियापछि गरिनु पर्ने सघन उपचार आधुनिक उपकरणसहितको उपचारकक्ष प्रयोगमा आएपछि टिचिङ अस्पताल परिवारमा खुशी छाएको छ भने जनतामा नयाँ आशा पल्हाएको छ ।

यसअघि जम्मा ३४ बेडमा चलिरहेको हाडजोर्नीको उपचारकक्ष अब ७५ बेडमा विस्तार हुन पुगेको पनि अस्पताल व्यवस्थापनले जनाएको छ ।