काठमाडौं, जेठ १८ । संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रीसहित सरकारमा सहभागी हुने भएको छ । फोरमका तर्फबाट पार्टी अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् भने अर्का मोहम्मद इश्तियाक राईले शहरी विकास मनत्रालयको जिम्मेवारी पाए ।
उपेन्द्र यादव ‘प्रचण्ड’ नेतृत्वको पहिलो गणतान्त्रिक सरकारमा परराष्ट्र मन्त्री भएका थिए भने २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा उपप्रधान तथा परराष्ट्रमन्त्री भएका थिए ।
शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मोहम्मद इश्तियाक राईले ३१ वर्षकै उमेरमा श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्री बनेर चर्चा कमाएका थिए ।






























