संस्मरण : चित्रास्मृतिमा प्रतिरोध कविता अभियान

प्रकाशित मिति : २०७५ जेष्ठ १९

- हिरामणि दुःखी

‘प्रतिरोध कविता अभियान’ सञ्चालन गर्ने भनेर केही दिन पहिलादेखि छलफल गरेका थियौँ । बैशाख २८ गते बसेको इच्छुक सांस्कृतिक प्रतिष्ठानको कार्यसमितिको बैठकले त्यसलाई ठोस रूप दियौँ । प्रतिष्ठानकै ब्यानरमा देशका विभिन्न स्थानहरूमा ‘प्रतिरोध कविता अभियान–२०७५’ चलाउने योजना बनाएर हामीले त्यसको सुरुआत चितवनबाट गर्ने निधो ग¥यौँ । त्यसपछि प्रगतिवादी धाराका केही स्थापित कवि तथा समालोचकहरूको टीम बनाएर हामी चितवनको यात्रामा जेठ तीन गते काठमाडौंबाट हिड्यौँ ।

काठमाडौंबाट हिँडेको टोलीमा ईश्वरचन्द्र ज्ञवाली, जगदीशचन्द्र भण्डारी, ताराकान्त पाण्डे्य, मित्रलाल पंज्ञानी, केशव सिलवाल, शोभा दुलाल, पञ्चकुमारी परियार, छायादत्त न्यौपाने, विदूर वस्ती र म थियौँ । हिँड्ने दिनमै विरामी परेका कारण शीला योगी छुट्नुभयो । सीता शर्माले तयारीका बेला प्रतिष्ठानबाट धेरै पटक फोन गर्दा पनि उठाउनु भएन । कलब्याक पनि गर्न भुल्नुभयो होला सायद, छुट्नुभयो । राजबहादुर कुँवर र इस्मालीजीले कार्य व्यस्तताले जान नभ्याउने सूचना दिनु भएको थियो । यो लटमा यति नै जाने भनेर बैठकमा निर्णय गरिएको थियो । यसरी हामी दस जनाको टोली चितवन हानियौँ । गौरी जी भोलिपल्ट बिहानै आफ्नै गाडिमा जानु भयो ।

चितवनको हाकिमचोक नजिकै रहेको ‘चेतना भिलेज’मा चार गते कार्यक्रम गरियो । यताबाट गएको टोलीको बसाइको व्यवस्था पनि साथीहरूले त्यसै होटेलमा मिलाउनु भएको थियो । त्यसको व्यवस्था क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा चितवन जिल्ला पार्टीका इन्चार्ज कमरेड अम्बिका मुठभडी र प्रतिष्ठानका प्राज्ञ सदस्य मोदनाथ मरहट्टाले गर्नुभएको थियो । एकान्त, शान्त र रिसोर्ट स्टाइलमा भएको होटेलमा हाम्रो बसाई भने अत्यन्तै सस्तो थियो । सादा खाना सहित एक रात बसेको प्रति व्यक्ति तीन सय पचास रुपैयाँ मात्रै ति¥यौँ । चिया खाजा पनि हामीले व्यक्तिगत रूपमा आआफ्नै तरिकाले बाहिर खायौँ । निकै सस्तो यात्रा भयो यसपाली चितवन र पोखराको ।

चितवनमा तेत्तीस जना कविहरूले प्रतिरोधी कविता वाचन गरे । राधानीबाट गएका ताराकान्त पाण्डे्य बाहेक हामी सबैले कविता वाचन ग¥यौँ । ताराकान्त जीको भूमिका प्रतिरोध कविता अभियानको औचित्य, आवश्यकता, भूमिका र समय सन्दर्भका बारेमा कार्यक्रमको सुरुआतमै विषय प्रवेश गराउने थियो । वाचित कविताहरूको सारसङ्क्षेपको समीक्षा गर्ने जिम्मेवारी जगदीशचन्द्र भण्डारीलाई तोकिएको थियो । उहाँहरू दुबैले आआफ्नो भूमिका निकै सशक्त रूपमा निभाउनु पनि भयो । दुबै ठाउँको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीले गर्नुभएको थियो भने सदस्यसचिव भएकोले मैले सञ्चालन गरेको थिएँ । चितवनमा रविकिरण निर्जिव र पोखरामा सुशीला थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

चितवनमा कविता वाचन गर्ने तेत्तीस जना थियौँ । काठमाडौंबाट गएका ताराकान्त बाहेकका हामी दस जनाले वाचन गरेका थियौँ । हामी बाहेक चितवन र हेटौँडाका गरी तेइस जना थिए । हेटौँडाबाट उमाकान्त आचार्य मात्रै आएका थिए । चितवनका मोदनाथ मरहट्टा, सरिता तिवारी, रविकिरण निर्जिव, प्रकाश चापागाइँ, प्रकाशबाबु खनाल, हरीहर सविता, ईश्वरी ओझा, कृष्णप्रसाद पण्डित, पूर्णबहादुर अधिकारी, नारायण शर्मा (विपिन), किरण पाठक, बाबुराम बैरागी, तेजराज सुवेदी, अशोक शर्मा, गोविन्द बहादुर कुँवर, खनाल रेवतीरमण, तारानाथ सुवेदी, रामहरी श्रेष्ठ, राममणि नेपाल, प्रज्ज्वल अनुग्रह, सुरेश गौतम र केसव सुवेदी थिए ।

चार गते दिउँसो बाह« बजे कार्यक्रम सुरु गरेर अपरान्ह करिब साढे तीन बजे हाम्रो कार्यक्रम सकियो । कार्यक्रम सकिएपछि हामीले त्यहाँ खाजा खायौँ र पोखरा जानका लागि नारायणघाटको ‘पोखरा बसपार्क’सम्म म्याजिक रिजर्व गरेर हिड्यौँ । काठमाडौंबाट गएको दस जनाको टोलीमा चितवनबाट मोदनाथ मरहट्टा, ईश्वरी ओझा, प्रकाशबाबु खनाल र हेटौँडाका उमाकान्त आचार्य थपिनु भयो र हाम्रो टोली चौध जनाको भयो । गौरी जी चितवनमै माइतीघर भएकाले त्यहीँ बस्नु भयो । पाँच गते मात्रै रविकिरण निर्जिवलाई साथै लिएर पोखरा जानु भयो ।

पोखरामा हामी धौलागिरी होटेल र अशोक होटेलमा बास बस्यौँ । त्यहाँको व्यवस्थापनको जिम्मा पर्शुराम कोइराला, सुशीला थापा र काजी गाउँलेले मिलाउनु भएको थियो । पोखरा महङ्गो र टुरिस्ट एरियाको सहर भए पनि हाम्रो बसाई खासै महङ्गो भएन । त्यहाँ पनि चितवनकै रेटमा हाम्रो खर्च आयो । महान् सहिदको नाममा स्थापना भएको प्रतिष्ठानको व्यवस्थापन र हामी क्रान्तिकारी धाराका कम्युनिस्ट स्रस्टाहरू भएकाले पनि खर्चमा सकेसम्म मितव्ययिता अपनाएका थियौँ । नभै नहुने आवश्यकताको खर्च मात्र गरेका थियौँ । कतिपय खाजा खर्च त आआफ्नै गोजीबाट गरेका थियौँ । कुनै सरकारी वा एनजिओ आइएनजिओको खर्चमा गरिएको कार्यक्रम थिएन । औपचारिकता पूरा गरेर लाखौँको बील पास गरेर पुँजीवादी विकासे संस्कृति निर्माण गर्नु पनि थिएन । बरू त्यो संस्कृतिको विरुद्धमा थियौँ । नेपाली कम्युनिस्ट आन्दोलनले पारेको प्रभाव र यसमा आएको विकृति, राज्यसत्ताको दमनकारी चरित्रको भण्डाफोर गर्दै जनतालाई क्रान्तिको कार्यभार बाँकी रहेको र त्यसलाई पूरा गर्न फेरी एकपटक उठ्नु पर्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको थियो ।

पोखरामा हाम्रो टोलीबाट बाह«जना र बाँकी पोखरेली भेकका स्रस्टाहरू गरेर जम्मा छत्तीस जनाले कविता बाचन गरे । पोखरेली भेकका स्रस्टाहरूमा अनिल श्रेष्ठ, पर्शुराम कोइराला, देवेन्द्र लम्साल, लक्ष्मी थापा, यमबहादुर राना, चुडामणि बराल, ज्वति सुनार, मदन भण्डारी, कल्पना चिलुवाल, भोजराज त्रिपाठी, निर्मला न्यौपाने, अर्जुन ढकाल, विकास लुङ्गेली, स्ट्रगल राना, नारायण परिश्रमी, लिला पण्डित, शिव क्षेत्री, नारायण मरासिनी, विजया सुवेदी, लक्ष्मण गौतम ‘हिमाली’, अर्जुन सुवेदी, काजी गाउँले, ओमविक्रम ओझा र रोशन लामा थिए ।
काजी गाउँलेको नेतृत्वमा ‘संगम सांस्कृतिक मञ्च, पोखरा’ नामको एउटा सशक्त प्रकारको साङ्गीतिक टोली रहेछ । पन्ध्र सोह« जना सङ्गठित र अरू आवश्यक्ता अनुसार जोडिन सक्ने साथीहरू गरी बीस बाइस जनाको टिम छ भनेर काजी गाउँले र ओमविक्रम ओझाले कार्यक्रम समापनपछिको कुराकानीमा हामीसँग भन्दै थिए । साँच्चिकै धारिलो टीम रहेछ । पोखराको कार्यक्रममा निकै जोसिला शव्द र स्वरमा, सुमधुर र कर्णपृय सङ्गीत र लयमा चार पाँच वटा गीत प्रस्तुत गरेको थियो यो सांस्कृतिक टिमले । साङ्गीतिक प्रस्तुतिका साथमा कविता गोष्ठी गर्दा यसले निकै रौनकता ल्याएको थियो ।

‘पोखरा पार्टी प्यालेस’को हलमा भएको कार्यक्रम उत्साही र वैचारिक रूपले पनि राम्रो रह्यो । कवितामा कला र विचारको संयोजन राम्रो थियो । एकादुई कविता बाहेक सबै कविता उत्कृष्ट थिए । यी दुवै ठाउँका कविता गोष्ठीले एउटा राम्रो सन्देश के दियो भने क्रान्ति अधुरो छ, जनताका दिन आएका छैनन्, केही मुठीभरका शासकहरूको स्वेच्छाचारी सत्ताका विरुद्ध जनताले फेरी आँधी बेहरीको सिर्जना गर्नुपर्छ भन्ने रह्यो । यो हाम्रो अभियानको उपलब्धी हो ।

अर्को कुरा अहिलेको कथित वाम सरकार तथा एमाले र माकेको एकताप्रति स्रस्टाहरू उत्साहित देखिएनन् । स्वयम् त्यस पार्टी सम्बद्ध कवि साहित्यकारहरू पनि सन्तुष्ट भएको पाइएन । अहिलेको राज्य व्यवस्थालाई हेर्ने मामिलामा पनि उनीहरू र हाम्रा बिचमा समानता रह्यो । वर्तमान सरकार फासिवादी तरिकाले चल्न खोजेको, उनीहरूले भन्ने समाजवाद उत्पीडित वर्गको नहुने, यो पुँजीवादी गणतन्त्र विगतका सत्ताको तुलनामा एक कदम प्रगतिशील रहे पनि वास्तविक जनताको गणतन्त्र हुन नसकेको भाव सहितका कविता यी दुवै गोष्ठीमा प्रस्तुत भए ।

कविता सुन्दर समाज बनाउने र सुन्दर मनुष्य निर्माण गर्ने कला हो । कविता आफैमा एउटा आन्दोलन हो । कविता आफैमा प्रतिरोध हो र यो आफैमा विद्रोह पनि हो । र, त प्रतिक्रियावादी सत्ता कवितादेखि आतङ्कित हुन्छ र कविताको हत्या गरेर आफ्नो लुटको ‘स्वर्ग’ बचाउने धृष्टता गर्छ । प्रतिक्रियावादी सत्ताका लागि कविता शक्तिशाली हतियार पनि हो । तर आम शोषित उत्पीडित वर्गका जनताका लागि कविता एउटा मीठो सुस्वादु सपना हो । लक्ष्य हो र उत्पीडनरहित समाज निर्माण गर्ने माहाअभियान हो । त्यसैले हामीले यो कविता अभियान सञ्चालन गरेर उत्पीडित वर्गका जनतालाई विचार र कलाका माध्यमबाट सचेत, जागरुक र आन्दोलित बनाउने सङ्कल्पका साथ कार्यक्रमलाई देशव्यापी बनाउने ठहर ग¥यौँ । कविता सुतेकालाई ब्यँुझाउने र ब्यँुझेकालाई उत्पीडिन र उत्पीडनकारी समाज एवम् सत्ताका विरुद्ध प्रतिरोध गर्न उत्प्रेरणा दिने अभियान हो ।

आज सुन्दर सपनाहरूको हत्या भएको छ । सपनाहरूको विसर्जन गराइएको छ । यसलाई विद्रुपिकरण गरिएको छ र आदर्शहरूको स्खलनता तर्फ मुलुकलाई धकेलिएको छ । एउटा निकै ठूलो युगान्तकारी परिघटना थियो दसवर्षे महान् जनयुद्ध । जनयुद्धलाई त्यसका मुख्य नायकबाटै सचेततापूर्वक विसर्जन गराएपछि आम जनतामा भएङ्कर डरलाग्दो तरिकाले निरासा, पलायनता, कुण्ठा र वितृष्णा पैदा गराइएको छ । त्यसैले जनतामा आसा जगाउन, क्रान्तिप्रति भरोसा जगाउन र नयाँ नायकहरू निर्माण गर्ने अभियानमा लगाउन जरुरी भएको छ । त्यसका लागि परिपक्व विचार निर्माणको आवश्यकता हुन्छ । त्यसमा साहित्य, कला, गीत सङ्गीतको महत्वपूर्ण भूमिका रहन्छ । यसले सभ्य संस्कृति निर्माणमा टेवा पु¥याउँछ । सभ्य संस्कृतिले सुन्दर विचार निर्माण गर्छ । त्यसैको खाँचो पूर्ति गर्न हामीले प्रतिरोध कविता अभियान चलाएका थियौँ ।

आज सरकार एकातिर फतफताइरहेको छ । जनता अर्कै तरिकाले सरकार र सत्ताधारी दललाई हेरिरहेका छन् । सरकार भन्छ एउटा, गर्छ अर्को । सत्तारुढ दलको कथित कम्युनिस्ट एकताको अभियानले आम जनातामा उत्साह दिन सकेको छैन बरू उसको क्रियाकलापले कतै यो फासिवादतिर जान खोजेको त हैन भनेर सशङ्कित बनाएको छ । राष्ट्रवाद र कम्युनिस्टका नाममा पपुलारिटी कमाएर भोट बटुलेको सरकार र नेता माहाविनासकारी भूकम्पले थङथिलो हुनेगरी चुटिएका बेला नाकाबन्दी लगाएर विस्तरामा परेको विरामीलाई घाँटी थिचेर मार्न खोजेजस्तो व्यवहार गरेको भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरण मोदीलाई नेपाली जनताले विर्सन नपाउँदै उसैको भक्तिगान गाएर राष्ट्रघाती काम गरेको कुनै पनि स्वाभिमानी जनतालाई मन परेकै छैन । यो भाव पनि दुवै ठाउँमा कविता वाचन गर्ने कविहरूले पोखे ।

सिटामोल नपाएर मरिरहेका जनता, वर्षेनी झाडा पखालाको महामारी फैलिएर आक्रान्त बनेका जनता, दिनहुँ हजारौँको सङ्ख्यामा विदेशिन वाध्य युवाहरू, जातीय विभेदको जाँतोमा पिसिइरहेका दमित जातिका नागरिक, असाहाय महिलाहरूलाई बोक्सीका आरोपमा दिनहुँ कुटिने, मारिने र पाषाण युग बिर्साउने बर्बरता, छाउपडीका कारण अकालमा ज्यान गुमाइरहेका समाजका किसोरीहरू, स्कूल, कलेज, खेतखलियान, गोठ, घरमा एक्लै अवस्थामा सामुहिक बलात्कारका शिकार भइरहेका युवतीहरू सबै सबै वर्तमान सत्ता र सरकारबाट सुरक्षित हुने कुनै आशा देख्दैनन् । स्वयम् सत्ताधारी दलका नेता कार्यकर्ता र स्थानीय सरकारका जनप्रतिनिधि भनिएकाहरूबाटै प्रताडित भइरहेका छन् जनता । यस्ता घटनाप्रति प्रतिरोध अभियानमा वाचित कविताहरूले आक्रोस पोखे, व्यङ्ग्य गरे र प्रतिरोध गर्नका निम्ति जनतालाई आह्वान गरे । सत्ताधारी पार्टीका कविहरू नै आफ्नो पार्टी र सरकारप्रति सन्तुष्ट नभएको भाव स्पष्ट रूपमा प्रकट गरे ।

यसरी यी दुई वटा साहित्यका मलिला भूमिमा भएका कार्यक्रमहरूबाट निकै राम्रो उर्जा प्राप्त भएको महसुस भयो । दुवै ठाउँको कार्यक्रमपछि पोखराको अशोक होटेलमा आयोजकहरूले सङ्क्षिप्त समीक्षा गर्दा यो अभियान निकै फलदायी भएको निष्कर्ष निकाल्यौँ । यसलाई हामीले सकेसम्म देशैभरी सञ्चालन गर्न आवश्यक भएको बोध गर्दै यो कार्यक्रमलाई आगामी दिनमा देशका अन्य साहित्यिक जमघट हुने सहरहरूमा पनि सञ्चालन गर्ने योजना बुनेर भोलीपल्ट काठमाडौं फर्कने तयारीका साथ आआफ्ना कोठातिर गएर सुत्यौँ । भोलीपल्ट ज्ञवाली, ताराकान्त, जगदीशचन्द्र, मित्रलाल, छायादत्त, केशव सिलवाल र मसहितको सातजनाको टोली माइक्रोमा चढेर काठमाडौं फर्कियौँ ।
१७ जेठ २०७५, घट्टेकुलो, काठमाडौँ