इन्धनमा गरिएको मूल्यवृद्धि र शैक्षिक वेथितिको विरोधमा अाठ विध्यार्थी संगठनद्वारा आज शैक्षिक हड्ताल आव्हान

इन्धनमा गरिएको मूल्यवृद्धि र शैक्षिक वेथितिको विरोधमा अाठ विध्यार्थी संगठनद्वारा आज शैक्षिक हड्ताल आव्हान

काठमाडौं । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र महंगीको विरोधमा अाठ विध्यार्थी संगठनले आज देशैभर आम शैक्षिक हड्तालको आव्हान गरेका छन् । शैक्षिक हड्ताल आव्हान गर्ने विध्यार्थी संगठनहरुमा क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी), विप्लव निकट अखिल (क्रान्तिकारी), नयाँ शक्ति विध्यार्थी युनियन, राजपा विध्यार्थी संगठन, अनेरास्ववियू पाँचौ, समाजवादी विध्यार्थी फोरम, राष्ट्रवादी विध्यार्थी संघ, गोपाल किराती निकट अखिल क्रान्तिकारी  रहेका छन् ।

ती संगठनहरुले शिक्षा क्षेत्रमा गरिएको निजीकरण र व्यापारीकरणका विरूद्व, सरकारी शिक्षामा भएको भ्रष्टाचार, विकृति र राज्यको ग्रैह्रजिम्मेवारीपनका विरूद्व, त्रि.वि.लगायत देशैभरिका विश्वविध्यालयमा भएका भ्रष्टाचार, ढिलासुस्ती र मनपरी तन्त्रका विरूद्व, निशुल्क उच्च शिक्षा र विध्यार्थीलाई प्राविधिक शिक्षाको सहज अध्ययनका लागि र अतभखतमा हुने दलाली र भ्रष्टाचारका विरूद्व, पटक–पटक गरी विभिन्न वाहानामा गरिएको पेट्रोलियम पदार्थको मुल्यवृद्विका विरूद्व र वैज्ञानिक र रोजगारीमूलक शिक्षाको निमित्त शैक्षिक हड्ताल आव्हान गरिएको जनाएका छन् ।

उनीहरुले शैक्षिक क्षेत्रमा देखिएका समस्याका विरुद्ध चरणबद्ध संघर्ष गर्दै आएका छन् । १७ गते मात्र उनीहरुले शैक्षिक सरोकारवालाहरुसँग अन्तक्र्रिया गरेका थिए ।

आज विहानैदेखि ती विध्यार्थी संगठनका नेता कार्यकर्ताहरु सरकारी तथा निजी विध्यालयहरु बन्दको आव्हान गर्दै हिडेका छन् ।