क्रान्तिकारी युवाहरु वैकल्पिक शक्तिको रुपमा अगाडि आउनु पर्छ : गजुरेल

इटहरी । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग (आरवाइएल)को १ नं. प्रदेशको प्रथम भेलालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले क्रान्तिकारी युवाहरु वैकल्पिक शक्तिको रुपमा अगाडि आउनु पर्ने विचार व्यक्त गर्नुभएको छ । नेपालमा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने उद्देश्य राखेर गरिएको […]

ज्ञान सिद्धान्तबारे

ज्ञान प्राप्ति भनेको के हो ? र कसरी हुन्छ ? मानिसको मस्तिष्कले वस्तुगत जगतको चित्र प्रतिबिम्बको रूपमा प्राप्त गर्दछ र त्यसको बारेमा अनुभवका आधारमा चिन्तन गर्दै अवधारणा तयार पार्दछ । मानिसले मस्तिष्कमा परेका अनेकांै प्रतिबिम्बहरूको तर्कपूर्ण, तुलनात्मक, ऐतिहासिक, विश्लेषण र सश्लेषणको व्यवहारिक प्रयोग गर्दै, सत्यको नजिक पुग्ने निरन्तर प्रयत्न गर्दछ । सूचना सम्प्रेषण गर्ने इन्द्रीयहरू […]

क्रान्तिकारी ट्रेड यूनियन महासंघले तीन महिने अभियान चलाउने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान चलाउने भएको छ । माघ ३ गत्ते पार्टी कार्यालय बुद्धनगरमा बसेको महासंघको केन्द्रीय समितिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले मजदुर आन्दोलनमा देखा पर्दै गएको गत्याबरोधलाई चिर्दै नयाँ आधारमा संगठन पुनर्गठन, सुदृढीकरण र विस्तार […]

प्रदेश प्रमुखको सपथ आज, आन्दोलन नियन्त्रणबाहिर

काठमाडौं । देउवा सरकारले नियुक्त गरेका सात वटै प्रदेशका प्रमुखले आज राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिँदैछन् । शीतलनिवासमा अपरान्ह एक कार्यक्रमकाबीच प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिनेछन् । बुधबार बसेको मन्त्रीपरिषद बैठकले प्रदेशको अस्थायी मुकामसंगै सातै प्रदेशका प्रमुख तोकेको थियो । सरकारले प्रदेश नम्बर १ मा डा.गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल […]

घुसखोरी र भ्रष्टाचारीलाई क्रान्तिकारी माओवादीले जनकारवाही गर्ने

बुटवल । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का नेताहरुले घुसखोरी र भ्रष्टचारीलाई जनकारवाही गर्ने बताउनु भएको छ । पार्टीका पोलिटव्यूरो सदस्यद्वय प्रेम सुवेदी र केबी गुरुङले जिल्लाका पार्टी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा यस्तो बताउनु भएको हो । क्रान्तिकारी माओवादी,रुपन्देहीको सचिवालयको विस्तारित भेलालाई सम्बोधन गदैं गुरुङ र सुवेदीले पार्टीले घोषणा गरेको तीन महिने अभियान सफल पार्न कार्यकर्तालाई […]

विप्लव, मोहनविक्रम सिंह र ऋषि कट्टेलसँग एकताको लागि क्रान्तिकारी माओवादीले ठोस पहल गर्ने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्रविक्रम चन्द‘विप्लव’द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि ठोस पहल गर्ने भएको छ । पार्टीको माघ २ र ३ मा बसेको स्थायी समितिको बैठकले […]

गुण्डा नाइके मनाङ्गेलाई ५ वर्ष जेल सजाय

काठमाडौं, ३ माघ । सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा डन दीपक मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेको छ । डन दीपक मनाङ्गे (राजीव गुरुङ) प्रदेशसभा चुनावमा मनाङ ‘ख’ बाट प्रदेशसभा सदस्य विजयी भएका छन् । एमालेले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । पछि एमालेको समर्थनमा विजयी भए […]

अनेमसंघ (क्रान्तिकारी)को बैठक माग १६ र १७ मा हुने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय समितिको बैठक माग १६ र १७ मा बस्ने भएको छ । गत बिहिबार केन्द्रीय कार्यायल बुद्धनगरमा उपलब्ध केन्द्रीय सदस्यको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो । संगठनका फ्य्राक्सन इन्चार्ज तथा नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य रामसिंह श्रीसको विषेश उपस्थितिमा सम्पन्न […]

‘समाजवादी यथार्थवादी साहित्यले क्रान्तिलाई दिशानिर्देश गर्नुपर्छ’

(‘वर्तमान समयमा साहित्य सिर्जना र अक्टोबर क्रान्तिको सान्दर्भिकता’ विषयमा इच्छुक साँस्कृतिक प्रतिष्ठानले शनिबार बहस कार्यक्रमको आयोजना ग¥यो । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, एमाले र माओवादी केन्द्र निकटका स्रष्टा सर्जकहरुको जमघट भएको उक्त बहस कार्यक्रममा वक्ताहरु चैतन्य, निनु चापागाई, प्रा.डा.जगदीशचन्द्र भण्डारी, प्रा.डा.ताराकान्त पाण्डे्य, डा अमर गिरी, रोशन जनकपुरी, सीता शर्मा, सङ्गीत श्रोताले भाग लिएका थिए । कार्यक्रममा […]

पूर्व जनमुक्ति सेना तथा क्रान्तिकारी माओवादीका जिल्ला सदस्य विकको निधन

कंचनपुर । दशवर्षे जनयुद्धताकाका जनमुक्ति सेनाका सदस्य रहेका र हाल नेकपा (क्रान्तिकारी माओवादी)का कंचनपुर सदस्य रहेका भोजराज विकको पौष ३० गते निधन भएको छ । विगत लामो समयदेखि मृगौला रोगबाट ग्रस्त रहँदै आएका विकको अल्पायुमै निधन हुन पुगेको हो । हाम्रा कंचनपुर सहकर्मी धनञ्जय अवस्थीले जनाए अनुसार विकको महाकाली आर्यघाटमा सोमबार अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार गरिएको […]