२१ असार काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को परीक्षाफल प्रकाशित गरेको भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्मासहितको उपस्थितिमा भक्तपुरस्थित कार्यालयमा आज बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो । बोर्डले यसवर्ष अन्तिम पटकका लागि २०७२ सालको पद्धतिअनुसार नै सैद्धान्तिक र प्रयोगात्मकको अङ्क जोडेर परीक्षाफल प्रकाशित गरेको छ ।
जसमा २२ हजार ४७५ विद्यार्थीले ३.६० देखि ४.०० जिपिए ल्याएका छन ्।
त्यस्तै ३.२० देखि ३.६० सम्म जिपिए ल्याउनेको संख्या ५५ हजार ०६९ रहेको छ ।
२.८० देखि ३.२० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ७२ हजार ३६२ रहेको छ।
२.४० देखि २.८० सम्म जिपिए ल्याउने विद्यार्थीको संख्या ८९ हजार ३३१ रहेको छ ।
२.००देखि २.४० सम्म जिपिए ल्याउनेको संख्या १ लाख २ हजार २९३ रहेको बोर्डले जनाएको छ।
२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए। तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी थिए भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।
विसं २०७२ को पद्धतिअनुसार ९० देखि १०० प्रतिशत प्राप्ताङ्क हुनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम प्राप्ताकङ्क हुनेलाई ए, ७० देखि ८० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी प्लस ग्रेड प्रदान गरिन्छ । साथै ६० देखि ७० भन्दा कम प्राप्ताङ्क हुनेलाई बी, ५० देखि ६० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम प्राप्ताङ्क हुनेलाई सी, ३० देखि ४० भन्दा कम प्राप्ताङ्क हुनेलाई डी प्लस, २० देखि ३० प्राप्ताङ्क हुनेलाई डी तथा २० भन्दा कम प्राप्ताङ्क हुनेलाई ई ग्रेड प्रदान गरिन्छ ।
परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।
यसरी हेर्न सकिन्छ नतिजा ꞉
राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए ।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ । त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको उनले बताए ।
एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ । नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट जततउ://धधध.लभद.नयख.लउ मा हेर्न सकिने बोर्डले जनाएको छ ।
नतिजा हेर्न सकिने वेभसाइटहरु
http://www.see.ntc.net.nphttp://www.neemaacademy.comhttp://www.ekantipur.comhttp://www.theconncetplus.comhttp://www.see.edusanjal.comhttp://www.admissionnepal.comhttp://www.seenicasiabank.comhttp://www.neemaaacademy.comhttp://www.mypay.com.nphttp://www.nepaleducatipnportal.comhttp://www.ayoresult.comhttp://www.results.matraeducation.comhttp://www.tuteeline.com