जम्बुद्धीपमा दर्शनका मुख्य दुई परम्परा रहेकोछ : १) श्रमण परम्परा र, २) वैदिक परम्परा ।
१) श्रमण परम्परा : गृहत्याग गरेका सन्यासीहरुको परम्परालाई श्रमण परम्परा भनिन्छ । यो पुरानो परम्परा मानिन्छ । सिन्धुघाँटीको सभ्यता दक्षिण–एसियामा सबैभन्दा पुरानो सभ्यता मानिन्छ । यो सभ्यताको दुइ शहर–मोहन्जोदारो र हडप्पा–को उत्खननमा प्राप्त पलेटी कसेर बसेका मानव आकृति कुँदिएका दुइ माटाका सिल्ड भेटिएका छन् । साथै बेदमा पनि सिन्धु उपत्यकाको श्रमणहरुको बारेमा उल्लेख गरिएकोछ । उक्त कारणबाट पनि यो परम्परा पुरानो हो भन्ने देखिन्छ । बेदमा उल्लेख भए अनुसार घुमन्ते श्रमणहरु (साधु) ब्रह्मचार्य रही मनलाई तालिम दिने विधिको अभ्यास गर्दथे । समाजलाई जन्म र मरणको चक्रबाट मुक्तिको मार्ग देखाउने उपदेश दिन्थे ।
गौतम बुद्धको समयमा जम्बुद्धीपमा धेरै श्रमणहरु भ्रमण गर्दथे । सिदार्थ गौतमले पनि चार निमित्तमध्ये पछिल्लो एक शान्त श्रमणलाई देखेपछि नै गृह–त्याग गरेका हुन । जैन धर्म, बौद्ध धर्म आदि श्रमण परम्पराका धर्महरु हुन । बौद्धधर्ममा प्रव्रजित हुने श्रमणलाई पालि साहित्यमा भिक्षु, भिक्षुणी, श्रामणेर भनिन्छन् । अन्य धर्ममा प्रब्रजित श्रमणहरुलाई परिब्राजक, आजीवक, आदि भनिएकोछ । ‘अत्ता हि अत्तनो नाथो कोहि नाथो परो सिया ?’(१) (आफु नै आफ्नो मालिक हो, आफ्नो मालिक अरु को हुन सक्ला ?) । श्रमण परम्पराले मानिसलाई सबै प्राणी भन्दा माथिको स्थानमा राखेकोछ । मानिसले आफ्नो प्रयासबाट चाहेको कुरो हाँसिल गर्न सत्तलछ । विपस्यना (तप,ध्यान) द्धारा जीवन–मरणको चक्रबाट मुक्ति (निवार्ण)नै श्रमण परम्पराको अन्तिम लक्ष हो ।
२) बैदिक परम्परा : वैदिक परम्परा जम्बुद्धीपमा (भारतबर्ष) मध्य–एसियाका (इराक–इरान) आर्यहरुले ल्याएका हुन । वेदलाई स्वीकार्ने परम्परालाई वैदिक परम्परा भनिएको हो । यो परम्परामा वेदलाई मानिसद्धारा नभई ईश्वरद्धारा रचना गरिएको र ऋषिहरुको माध्यमद्धारा प्रचारमा ल्याइएको भनिन्छ ।(२) बुद्धको समयमा त्रिवेद (ऋग्,यजु र साम) मात्रको रचना भएको पाइन्छ । वेदहरुमा ऋगवेद पुरानो मानिन्छ र यो कृति इ.पू.१२००–८०० भित्र रचिएको अनुमान गरिएकोछ । चौथो ‘अथर्ववेद’ बुद्धको समय पछि मात्र रचना गरिएको हो ।
‘आत्माले (ब्रह्म) तपद्धारा जगतको सिर्जना गरेका हुन’ (तैतरीय उपनिषद) । वैदिक परम्पराले मानिसलाई कमजोर वा असहाय प्राणीको स्थानमा राखेकोछ । ईश्वर वा परमशक्ति नै सर्वेसर्वा हो । मानिसले त यो शक्तिप्रतिको पूर्ण समर्पण र पार्थनाबाट मात्र सम्पूर्ण बस्तुहरु जित्न सक्ने हुन्छ । तसर्थ यो परमशक्तिको कृपा पाउनका लागि नै वलि, कर्मकाण्ड, पूजा, आदि नियमहरु बनाईएको देखिन्छ । वलि चढाउनाले यसै जुनीमा सन्तान, समृद्धि,सुरक्षा, दीर्घायू र मरेपछि स्वर्गको प्राप्ति हुने विश्वास गरिन्छ ।
बैदिक परमपरामा पहिले जीवन–चक्र अर्थात पुनर्जन्मको अवधारणा थिएन । ऋगवेदमा ईन्द्र,वरुण,ब्रह्म,आदिलाई देवताको दर्जा दिइएकोछ । त्यसमा भूत,पिसाच,तंत्रमंत्रमा आधारित कर्मकाण्ड, यज्ञ,होम,पशु वलिकामात्र कुराछन् । तर जैन र बुद्धको समयपछि लेखिएका उपनिषदमा कर्मकाण्डीय प्रवृत्तिहरु थपिए, पुनर्जन्म,मोक्षका दर्शनहरु प्रतिपादन गरिए र ब्रह्मलाई जगतको श्रृष्ठीकर्ता मानियो ।(३)
३) आस्तिक र नास्तिक दर्शनमा भिन्नता
२)जम्बुद्धीपको दर्शनहरुलाई उक्त परम्पराको आधारमा मूलत: दुई भागमा बाडिएकोछ । वेद मान्नेहरुलाई आस्तिक दर्शनभित्र र वेद नमान्नेहरुलाई अर्थत श्रमण दर्शनका पक्षधरलाई नास्तिक(४) दर्शनभित्र पारिएको छ । यहाँ वेदलाई मान्ने ६ वटा र नमान्ने ३ वटा छुट्याई अध्ययन गरिएकोछ :
तलिका नं. १.
दर्शन
आस्तिक नास्तिक
१) सांख्या १) चार्वाक
२) योग २) जैन
३) न्याय ३) बौद्ध
४) वैशेषिक
५) मीमंसा
६) वेदान्त
तालीका नं. २
भारतीय दर्शनहरु (आस्तिक र नास्तिक)
१ २ ३ ४ ५ ६ ७ ८ ९ १०
दर्शन सांख्य योग न्याय बैसेसिक मीभांसा वेदान्त चार्वाक
जैनबौद्ध
पवर्तक कपिल पतजलि अक्षपादगौतम महर्षि कणाद जैमिनी ब्यासमुनी (वादरायण) बृहस्पति महाबीर बद्र्धमान बुद्ध
मुख्यग्रन्थ सांख्यप्रवचनसूत्र योगसूत्र न्यायसूत्र बैशेसिकसूत्र मीमासंसूत्र ब्रह्सूत्र लोकायत जैन ग्रन्थ त्रिपिटक
भास्य सांख्यकारिका
तत्वसभास व्यास भास्य वात्सायनभास्य पदार्थ धमर्संग्रह सवर भास्य शंकर भास्य रामानुजभास्य
मध्वाचार्य भास्य विरोधी विचारहरु उमाास्वाति , कुकुन्द आचार्य, आदि अट्ठकथा
ज्ञानमीभासा प्रत्यक्ष,अनुमान, शब्द प्रत्यक्ष,अनुमान
उपमान, शब्द
प्रत्यक्ष, अनुमान,उपमान,शब्द प्रत्यक्ष,अनुमान प्रत्यक्ष, अनुमान,उपमान, शब्द,अर्थापत्ति, अनुपलब्धि प्रत्यक्ष, अनुमान,उपमान, शब्द,अर्थापत्ति,अनुपलब्धि प्रत्यक्ष (इन्द्रीयज्ञान) परोक्ष र अपरोक्ष ज्ञान प्रत्यक्ष,अनुमान
मुख्यविषय तत्वविचार मोक्षको उपाय (अष्टाङ्ग
योग) प्रमाण विचार पदार्थ विचार (सप्तपदार्थ) धर्म (वेदमाउल्लेख भएको कर्मकाण्ड) ब्रह्म आकस्मिकवाद चातुर्याम संवर, स्यादवाद चतुआर्यसत्य (शिल, समाधि, प्रज्ञा)
तत्वमीभासा (संसारको सृष्ठि)२५ तत्व (प्रकृति र पुरुष)
२५ तत्व(प्रकृति र पुरुष) परमाण्ुावाद परमाण्ुावाद ऋादि र अन्त्यनभएको संसार (पछि ईस्वरकृत) ब्रह्म रचित भौतिक तत्व द्रब्य(निरन्तर परिवतर्वशील तत्व) हेतुफलवाद(ईस्वरलाई नमान्ने) (द्धवन्दावाद)
मोक्ष पुरुषतत्वको सच्चा स्वरुपको दर्शश पुरुष तत्वको सच्चा स्वरुपको दर्शन प्रमाणद्धारा प्रमेयको
सही ज्ञान निस्कामकर्म भए पछि आत्माको दर्शन क्र्मकाण्डद्धारा स्वर्ग प्राप्ति (पछि निस्कामकर्म) १) म नै ब्रह्नहुँ २)ब्रह्नमा लीन हुनु ३)आत्माको दर्शन मृत्यू कर्म क्षयीकरणबाट दुख मुक्ति हुन्छ । निर्वाण (आशक्ति हटेपछि)
माथिको ता.नं.२ को अध्ययनबाट के थाहा पाइन्छ भने आस्तिक दर्शनमा वेललाई प्रत्यक्ष रुपमा मान्ने र वेदलाई परोक्षरुपमा स्वीकार गरी नयाँ ढंगले आफ्नो विचार प्रस्तुत गर्ने दुई थरी छन् । वेदलाई प्रत्यक्ष स्वीकार्नेमा ‘मीभांसा र वेदान्त’ हो भने परोक्ष स्वीकार्नेमा ‘न्याय, वैशेषिक, सांख्य र योग’ हुन् उक्त दुबै दर्शनले आत्मा (इश्वर)लाई स्वीकार गर्दछन । त्यसरी नै नास्तिक दर्शनमा ‘भौतिक बस्तुलाई मात्र तत्व मान्ने’ (अर्थत पृथ्वी, जल,बायू र तेज) चार्वाक दर्शन हो भने ‘पञ्चस्कन्ध’ –अर्थात रुप, वेदना, संज्ञा संखाकार, विज्ञान) मान्ने जैन र बौद्ध दर्शन हुन । यी दुवै दर्शनले अत्मा (ईश्वर)को अवश्यकता ठान्दैनन् ।
४) उपसंहार
हाम्रा कतिपय लेखकहरु भरतीय दर्शन–सबैमा भौतिकवाद देख्छन् । तर स्पष्ट छ वेद मान्ने (प्रत्यक्ष वा परोक्ष) अध्यात्मवादी दर्शन हुन भने चारर्वाक पूर्णत: भौतिवादी हो । जैन दर्शनले द्रब्य (जीव र अजीव तत्व) निरन्तर परिवर्तनशील छ भन्ने मान्दछ । पहिलो पटक अणुहरुले (बतयmक) विश्व निर्माणको ब्याख्या गर्ने दर्शन पनि यही हो । जैन दर्शनमा भौतिकवादको तत्वहरु रहेको भए पनि मूलत: यो द्धन्द्धवादी दर्शन हो । जहाँसम्म बौद्ध दर्शनको कुरोछ द्धन्द्धवाद र भौतिकवादको मध्यममार्गी दर्शन हो ।
यो बेला यो पनि भन्नु उपयुक्त हुन्छ कि उक्त दर्शनहरु जम्बुद्धीपका (जहाँ १६ महाजनपदहरु थिए) आज हुन न कि हिमालय उपमहाद्धीपका (मदनमणि दिक्षित)। किनभने जसलाई हामी हिमाली क्षेत्र (चभनष्यल) भन्दछौं त्यो २४०० कि.मि.लामो श्रृंखला र २०० कि.मि. फराकिलो जलाधार क्षेत्रको समुच्चय हो । अझ यसलाई विस्तारमा बुझ्ने हो भने तिब्बती पठार महाभारत (पर्वत), भित्रि तराई समेतलाई हिमालको अंग मान्न सकिन्छ । किनकि यी सबै एउटै पारिस्थितिक प्रणालीका हिस्सा हुन । तसर्थ अहिलेको भारतलाई हिमाली उपमहाद्धीप मान्न सकिन्न ।
१) धम्मपद, अत्तवग्गो,श्लोक नं. १६० ।
२) ऋगवेद–संहिताका अधिकांश मन्त्रहरु व्सिष्ठ र विश्वामित्र ऋषिहरुले रचेका हुन (बाबुराम आचार्य,२०५४:६,ं नेपालको संस्कृतिक परम्परा, काठमाण्डौं : श्रीकृष्ण आचार्य)।
३) ‘कालक्रमका सम्बन्धमा वेद र बौद्ध जातकहरु सवभन्दा अगाठिका हुन । कौटिल्यको ‘अर्थशास्त्र’ वीचको हो । महाभारत मनुस्मृति, शुक्रनीति, बीतिसार, उपनिषद, आदि ग्रन्थ पछिल्ला कालका हुन ।’(नवराज चालिसे,२०२१: प्राक्कथन,ं प्राचीन हिन्दु अथशास्त्रको रुपरेखा, काठमाण्डौं : मदन पुरुस्कार गुठी )।
४) जम्बुद्धीपको दर्शनमा वेदलाई नमान्ने दर्शनलाई नास्तिक मान्ने वेद पशीम दार्शनिकहरु छन् । तर पश्चिमी दर्शनमा नास्तिक भन्नाले ईश्वर, परलोक,आत्मा, परात्मा, आदि नमान्ने (बतजभष्कm) भन्ने अर्थ राख्तछ ।
srtamang@gmail.com २०८०।०३।२१





























