चितवन । इच्छा कामना रेडियो एफएम, कुरिनटारले शनिबार एक साहित्यिक कार्यक्रमको आयोजना गरेर कवि अनिल श्रेष्ठको कविता सङ्ग्रह `आरु फुलेको साँझ´ को तेस्रो सस्करणको परिचर्चा गरेको छ ।
कवि कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा समीक्षक तेजविलास अधिकारीले कविता सङ्ग्रहबारे आफ्नो समीक्षात्मक दृष्टिकोण राखेका थिए । कवि सुदर्शन कट्टेल, रामजी त्रिपाठी, इश्वर विलास अधिकारी र पत्रकार हिरालाल गुरुङले कविता सङ्ग्रहमा रहेका एक एक ओटा कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कवि अनिलले सङ्ग्रहभित्र रहेका केही कविताहरूको रचनागर्भ बारे आफ्नो अनुभव र अनुभूतिहरू राखेका थिए भने इच्छा कामना रेडियो एफएमका दानबहादुर गुरुङले कार्यक्रममा सहभागी साहित्यकारहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । कविता सङ्ग्रहलाई जनमत प्रकाशन नेपाल, बनेपाले प्रकाशन गरेको हो ।






























