रवि पाण्डेय
बुटवल – क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले जिल्ला संगठन समितिको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक तीब्र पारेको छ । प्रदेशमा नेकपा(क्रान्तिकारी माओवादी) र नेकपा(बहुमत) बीच एकता सम्पन्न भएपछि जिल्ला जिल्लामा एकता अधिबेशन, प्रशिक्षण तथा बैठक तीब्र बनाइएको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रेम सुवेदीले जानकारी दिनुभयो ।
तत्कालीन क्रान्तिकारी माओवादी र नेकपा (बहुमत) बीचको एकतालाई जिल्लास्तरमा एकता अधिवशेन मार्फत् पूर्णता दिइने क्रम तीब्र भएको हो ।
सोही क्रममा शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँची जिल्ला संगठन समिति को एकता अधिबेशन , प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । एकता अधिबेशनले टकमान रावतको संयोजकत्वमा २९ सदस्यीय जिल्ला अधिबेशन आयोजक समिति गठन गरिएको छ ।
सो क्रममा पार्टी प्रदेश इन्चार्ज प्रेम सुवेदीको प्रमुख आतिथ्यता, सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक निरज केसी, प्युठान जिल्ला इन्चार्ज टिकाराम पौडेल , अर्घाखाँची जिल्ला इन्चार्ज हुकुम र विद्यार्थी प्रदेश संयोजक नवीन खड्कालगायतको आतिथ्यता रहेको थियो ।एकता अधिबेशन , प्रशिक्षण तथा बैठक जिल्ला भरिबाट साबिकका दुई पार्टीका जिल्ला कमिटी सदस्यहरुको उपस्थिति भएको हो । त्यस्तै पाल्पाको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक यही असार २८ गते हुने जिल्ला संयोजक मुक्ति गैरेले जनाउनुभएको छ ।

त्यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासी पश्चिमले एकता अधिबेशन, प्रशिक्षण तथा बैठकको पूर्व तयारी गरिरहेको जनाएको छ । जिल्ला ईञ्चार्ज क्षेत्रबहादुर थापा क्षेत्रीका अनुसार पश्चिम नवलपरासीको एकता अधिबेशन, प्रशिक्षण तथा बैठक असार ३० गतेलाई तय गरिएको छ । हालै सम्पन्न प्रदेश पाँचको एकता अधिबेशनमा जिल्लाबाट एक प्रदेश सल्लाहकार र ११ जना प्रदेश समिति सदस्यमा निर्वाचित भएका थिए । प्रदेश समितिको निर्णय कार्यान्वयनका लागि प्रदेश सदस्यहरु तम्तयार भएर लागि परेको सो पार्टीले जनाएको छ । एकता अधिबेशन पूर्व तयारीका लागि प्रदेश सदस्यहरुको बीचबाट जनभेटघाट र ब्यवस्थापन टोली समेत बनाइएको छ ।































