स्याङ्जा र तनहुँमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता अधिवेशन सम्पन्न

स्याङ्जा र तनहुँमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता अधिवेशन सम्पन्न

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले स्याङ्जा र तनहुँमा जिल्ला एकता अधिवेशन सम्पन्न गरेको छ । एकता अधिवशेनसँगै जिल्लामा राजनीतिक प्रशिक्षण र बैठक पनि सम्पन्न गरेको सो पार्टीले जनाएको छ ।
प्राप्त जानकारी अनुसार असार २१ गते स्याङ्जा र २० गते तनहुँको जिल्ला एकता अधिवेशन सम्पन्न भएको हो । पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज आजादको प्रमुख आतिथ्यता र प्रदेश संयोजक अनुकूलको विशेष आतिथ्यतामा सम्पन्न स्याङजा जिल्लाको एकता अधिवेशनको अध्यक्षता आमा र सञ्चालन जिल्ला संयोजक शारदाले गर्नुभएको थियो ।


केन्द्र, प्रदेशका सर्कुलर, एकता अधिवशेनद्वारा पारित प्रतिवेदन, केन्द्रीय सचिवालयको प्रतिवेदनसहित राजनीतिक प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरियो । प्रमुख अतिथि, विशेष अतिथि, केन्द्रीय सचिवालय सदस्यहरु अनन्त, रामजी लगायतका नेताहरुले समसामयिक राजनीतिक विषयमा प्रक्षिणात्मक मन्तव्य राख्नुभएको थियो ।

एकता अधिवेशनबाट स्याङ्जा जिल्लामा २५ सदस्यीय अधिवेशन आयोजक कमिटि निर्माण गरिएको छ ।

त्यसैगरी तनहुँको एकता अधिवेशनले ५१ सदस्यीय जिल्ला अधिवशेन आयोजक कमिटि निर्माण गरेको छ । जिल्ला संयोजक निरुको अध्यक्षता र जिल्ला सहसंयोजक नवीनको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आजाद, विशेष अतिथि अनुकूल, केन्द्रीय सचिवालय सदस्य मामा र अनन्तले प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।