कमरेड श्रीनाथ अधिकारी (श्याम) को चौथो बार्षिक स्मृति कार्यक्रम सम्पन्न

कमरेड श्रीनाथ अधिकारी (श्याम) को चौथो बार्षिक स्मृति कार्यक्रम सम्पन्न

२२ असार पोखरा ।
कमरेड श्रीनाथ अधिकारी (श्याम) को आज चौथो बार्षिक स्मृति कार्यक्रम क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपाल,४ नम्बर प्रदेशको आयोजनामा प्रदेश पार्टी कार्यलय रामबजारमा सम्पन्न भएको छ ।


कमरेड श्यामले अवलम्बन गर्दै आउनु भएको क्रान्तिकारी बिचार र आदर्शलाई सबैले पछ्याउनु पर्ने कुरामा सबै वक्ताहरुले जोड दिदै कमरेड श्याम प्रती उच्च सम्मानका साथ हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नु भएको थियो ।
क्रान्तिकारी कम्यनिस्ट पार्टी नेपाल,४ नम्बर प्रदेशका संयोजक अनुकूलको अध्यक्षतामा सम्पन्न उक्त स्मृति कार्यक्रममा प्रमुख अतिथि आजाद, अतिथिहरु पूर्ण गिरी , नारायण परिश्रमी, भिम रानाभाट, भक्त रसाइली, बिक्रम थापा, राज कृष्ण श्रेष्ठ, परशुराम कोइराला लगायतका वक्ताहरुले बोल्नु भएको थियो ।
निश्चलले श्रीनाथ अधिकारी कमरेड श्यामको संक्षिप्त जिवनी राख्नु भएको थियो । बार्षिक स्मृति कार्यक्रममा स्वागत मन्तव्य अरुणले राख्नु भएको थियो भने कार्यक्रमको सञ्चालन किशोरले गर्नु भएको थियो ।