मकवानपुरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता अधिवेशन सम्पन्न

मकवानपुरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता अधिवेशन सम्पन्न

हेटौडा । असार २१ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल मकवानपुरको जिल्ला एकता अधिवेशन, प्रशिक्षण र बैठक सम्पन्न भएको छ। जिल्ला कार्यालय सदस्य शक्तिको सञ्चालन, जिल्ला इन्चार्ज गगनको अध्यक्षता, ३ नं प्रदेश इन्चार्ज सुदर्शन प्रमुख आतिथ्यता र ३ न. प्रदेश संयोजक अटल र सहसंयोजक शार्दुलको आतिथ्यतामा सम्पन्न एकता अधिवशेनले ४५ सदस्य मकवानपुर जिल्ला संगठन समितिको गठन गरेको छ ।


कार्यक्रमा प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक सुदर्शनले पार्टी एकतालाई न्युनीकरण गरेर बुझ्न नहुने कुरा स्पष्ट पार्नु भएको थियो । उहाँले एकता विरोधीहरूसँग सतर्क रहन पनि कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो । त्यसैगरी कार्यालय सदस्य तथा पार्टीका प्रदेश संयोजक अटलले मकवानपुर जिल्ला पूर्व पार्टी महासचिव भक्त बहादुर श्रेष्ठको जिल्ला भएको र यो जिल्ल कम्युनिष्टहरूको आधारभूमि भएको बताउनुभयो।


प्रशिक्षण लगत्तै जिल्ला इन्चार्ज गगनको अध्यक्षतामा बसेको बैठकले ४५ सदस्यीय मकवानपुर जिल्ला संगठन समितिको गठन गरेको हो । इन्चार्ज गगनका अनुसार बैठकले विचार, राजनीति, संगठन र संघर्ष सम्बन्धी महत्वपूर्ण निर्णय गरेको छ।