क्रान्तिकारी माओवादी कपिलबस्तुद्वारा जनयुद्ध दिवसमा कार्यक्रम

क्रान्तिकारी माओवादी कपिलबस्तुद्वारा जनयुद्ध दिवसमा कार्यक्रम

ईन्दिरा खनाल

कपिलबस्तु १ फागुन : नेकपा (क्रान्तिकारी माओवादी)कपिलबस्तुको आयोजनामा कोइलीबनगाईमा जनयुद्धको २७ औ बार्षिकोत्सव मनाइएको छ । कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पिताम्बर आचार्यले जनयुद्धले बिजय हासिल गरेर अगाडि बढिरहदाँ मुल नेतृत्वबाट गद्धारी भएको बताउदै नयाँ जनवादी क्रान्तिको विकल्प नभएको बताउनुभयो । संसदीय ब्यवस्थाका मतियारहरुले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेकोले क्रान्तिकारीहरु त्यसको बिरुद्धमा लाग्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रम सो पार्टीका जिल्ला सेक्रेटरी कमल उप्रेतीको अध्यक्षता जनकको स्ंचालन र नवराज भण्डारीको स्वागतमा सम्पन्न भएको थियो ।