दाङ/आज नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङको आयोजनामा तुलसीपुरमा २७औँ जनयुद्ध दिवश अन्तरक्रिया कार्यक्रमका गरेर सम्पन्न भएको छ ।
पार्टीका जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेको अध्यक्षता र सञ्चालनमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले जनयुद्धको उपलब्धी, त्यसको विकासको चर्चा गर्दै जनयुद्धप्रति प्रचण्ड मण्डलीले गरेको गद्दारीको भण्डाफोर गरेका थिए । कार्यक्रमलाई प्रमुख वक्ताको रुपमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हिरामणि दुःखीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले जनयुद्धको पहिलो योजना, त्यसको लक्ष्य, सैद्धान्तिक प्रतिवद्धता र जनयुद्धले गरेको विकास तथा उपलब्धीको विस्तृत चर्चा गरेका थिए ।
त्यस्तै अर्का वक्ता पार्टीका केन्द्रीय सदस्य समिर केसीले जनयुद्धको समीक्षा गर्दै आज पार्टीको गतिशीलतामा कमी आएको चर्चा गरेका थिए । उनले क्रान्तिको निम्ति वस्तुगत अवस्था एकदम उर्वर रहेता पनि पार्टीको आत्मगत जीवन उर्जाशील हुन नसकेको चर्चा गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमलाई देजमो नेपालका केन्द्रीय सदस्य यमबहादुर शाह, थारु मुक्ति मोर्चाका महासचिव रामजी थारु, युवालीगका महासचिव डिलबहादुर कठायत, देजमो दाङका अध्यक्ष ईश्वरीप्रसाद गैरे, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य तिलक विक, किसान नेता नन्दराम रोका, सहित मनबहादुर वली, माधवले जनयुद्धको उपलब्धी, विकास र त्यसप्रति नेतृत्वले गरेको गद्दारीको चर्चा गरेका थिए ।