१ फागुन बनगाई कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको बनगाईमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को आयोजनामा २७औ जनयुद्धदिवस मनाइएकोछ । जिल्ला सेक्रेटरी कमल उप्रेतीको अध्यक्षता र नेकपा (क्रान्तिकारी माओवादी) का के.स.पिताम्बर आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रमको संचालन जनक बि क गर्नु भएको थियो भने नमराज भण्डारिले स्वागत मतब्य राख्नु भएको थिया ।
प्रमुख बक्ता नेकपा (क्रान्तिकारी माओवादी)का के.स.पिताम्बर आचार्य ले शहिदका सपनाहरु साकार पार्न र निरन्तर क्रान्तिमा अघि बढ्ने प्रणले मात्र पुराहुने बताउनु भयो । देशको वर्तमान अवस्था र राष्ट्रियताको बिरुद्धमा ल्याएको एमसिसी र त्यसमा हामि क्रान्तकारीहरुकोे दायित्व को सन्दर्भमा प्रकाश पार्नु भएको थियो ।