गाइघाट,उदयपुर / नेकपा क्रान्तिकारी माओवादीले उदयपुरमा २७औं महान जनयुद्ध दिवस एक कार्यक्रम गरी मनायो ।
गाइघाट स्थित पार्टी कार्यलयमा गरिएको कार्यक्रममा पार्टीका नेता मीन कुमार राउत, अम्मर परियार र पार्टी इन्चार्ज मोहन सिंह तामाङले आ-आफ्नो धारणा राख्नु भएको थियो ।
उहांँहरुले जनयुद्धले बोकेको सपना अझै अधुरो रहेकोले अधुरो क्रान्तिलाई पूरा गर्न अब पार्टिले नेतृत्व लिनु पर्ने बताउनु हुँदै जनयुद्ध र माओकोको नाम भजायर एकथरी नक्कली माओवादीहरु सत्तामोहमा रुमल्लियर जनतालाइ धोका दिइरहेकाे बताउनु भयाे । उनीहरु पतनको बाटोमा हिंडिरहेकोले अब आगामी दिनमा क्रान्तिकारी माओवादीले सच्चा क्रान्तिकारीहरुलाई गोलबन्द बनाउंदै जनबिद्रोह मार्फत जनगणतन्त्र प्राप्तिको लागि बलिदानीपुर्वक संघर्ष संगठित गर्नु पर्ने समेत बताउनु भयो । त्यसै गरि संगठन निर्माणमा जोड दिंदै आम जनताहरुलाई जनबिद्रोहको दिशातिर आगाडी बढाउनु पर्ने धारणा राखेका थिए । पार्टी सेक्रेटरी शंकर पौडेलको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन लिल ब.बिकले गर्नु भएको थियो । त्यसैगरी १ नम्बर प्रदेशको मोरङ, सुनसरी, झापा र भोजपुर लगायत अधिकांश जिल्लाहरुमा पनि क्रान्तिकारी माओवादीले जनयुद्ध दिबस मानाएको खबर प्रदेश सेक्रेटरी सिताराम बुढाथोकीले जानकारी दिनुभएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित खवर