फागुन १ चितवन ।
नेकपा (क्रान्तिकारी माओवादी)को हालै सम्पन्न स्थायी समितिको बैठकले फागुन १ गतेको जनयुद्ध दिवस र फागुन–१४ देखि २१ गतेसम्मको सहिद सप्ताह विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाउने निर्णय गरेअनुसार नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्लाले यो वर्षको जनयुद्ध दिवस(फागुन १ गते) लाई राष्ट्रिय स्वाधिनता (एमसीसी खारेज)को आन्दोलनको रुपमा मसाल जुलुस निकालेर मनाएको छ ।
सो मसाल जुलुसले चितवनको रत्ननगर टाँडी बजार परिक्रमा गरी त्यही कोणसभाको आयोजना गरी फागुन १ गतेको २७ औं जनयुद्ध दिवस मनाएको छ ।
प्रकाशबाबु खनालव्दारा संचालित उक्त कोणसभालाई नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्ला सेक्रेटरी अशोक शर्माले सम्वोधन गर्नु भएको थियो ।
भोली फागुन २ गते जनयुद्ध दिवसको दोस्रो दिन एमसीसी खारेजका लागि गठित चितवन संयुक्त संघर्ष समितिले चौविसकोठीदेखि पुल्चोकसम्म (करीव २ किलोमिटर)एमसीसी विरोधी नारा, जुलुससहीत विभिन्न कार्यक्रमगरी एमसीसी खारेजीका लागि संखघोष गर्ने ।
फागुन ४ गते भारतीय विस्तारवादले कब्जा गरेका नेपाली भूभागहरु फीर्ता ल्याउने काममा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अगाडि आत्मसमर्पण गरेकाले त्यसका विरुद्ध नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिने कार्यक्रम तय गरिएको नेकपा (क्रान्तिकारी माओवादी) चितवन जिल्ला सेक्रेटरी अशोक शर्माले जानकारी दिनु भयो ।



