मशाल जुलुसमाथि गरिएको दमन र गिरफ्तारीको क्रान्तिकारी माओवादीले ग¥यो घोर निन्दा र भत्र्सना, गिरफ्तार नेता कार्यकर्ताहरुलाई तुरुन्त विनाशर्त रिहा गर्न जोडदार माग

मशाल जुलुसमाथि गरिएको दमन र गिरफ्तारीको क्रान्तिकारी माओवादीले ग¥यो घोर निन्दा र भत्र्सना, गिरफ्तार नेता कार्यकर्ताहरुलाई तुरुन्त विनाशर्त रिहा गर्न जोडदार माग

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले मशाल जुलुसमाथि गरिएको दमन र गिरफ्तारीको घोर निन्दा र भत्र्सना गर्दै गिरफ्तार नेता कार्यकर्ताहरुलाई विनाशर्त तत्काल रिहाइ गर्न जोडदार माग गरेको छ ।


महासचिव मोहन वैद्य किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “अमेरिकी साम्राज्यवादलाई खुसी पार्न दलाल तथा राष्ट्रघाती देउवा सरकारले गरेको यस गिरफ्तारीको हाम्रो पार्टी घोर निन्दा तथा भत्र्सना गर्दछ र गिरफ्तार गरिएका सम्पूर्ण कमरेडहरुलाई तुरुन्त बिनाशर्त रिहा गर्न माग गर्दछ । साथै, राष्ट्रघाती एमसीसी खारेजीका लागि आवाज बुलन्द गर्न र संघर्षमा उत्रिन हामी सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी समूह, समुदाय तथा व्यक्तित्वहरुमा हार्दिक अपील गर्दछौं ।”

वक्तव्यमा एमसीसी परियोजना खारेज गर भन्ने एक सूत्रीय माग राखी आयोजना गरिएको मशाल जुलुसको क्रममा नारायण गोपाल चोक नजिकै अमेरिकी राजदूतावास अगाडिबाट देउवा गठबन्धन सरकारले हाम्रो पार्टीका पोलिटब्यूरो सदस्य क. दिनेश शर्मा, केन्द्रीय समिति सदस्यहरु क. इश्वर तिम्सिना, क. बसन्त बोगटी र क. फुर्नाम्गेल मोक्तान सहित १८ जना नेता तथा कार्यकर्तालाई अन्धाधुन्ध गिरफ्तार गरी अहिले महाराजगञ्ज चौकीमा बन्दी बनाएको, त्यसै गरी मसाल जुलुसकै क्रममा ललितपुरको मन्त्री क्वार्टर नजिकै हरिहर भवन चोकबाट पार्टीका केन्द्रीय सदस्यहरु क. कृष्णभक्त महर्जन र क. अमीर महर्जन लगायत पार्टीका ९ जना नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी जावलाखेल चौकीमा बन्दी बनाएको उल्लेख गरिएको छ ।