१ फागुन सूर्खेत ।
नेपाली जनताले सामन्ती राज्यसत्ता, पुँजीवादी शोषणउत्पीडन, साम्राज्यवादी, विस्तारवादी हस्तक्षेप र सबैप्रकारका विभेदबाट मुक्तिका लागि हतियार उठाएको २६ वर्ष पूरा भएर २७ वर्ष लागेको अवसरमा नेकपा (क्रान्तिकारी माओवादी) ६ नं. प्रदेशको आयोजनामा २७ औ महान जनयुद्ध दिवस ६ नं. प्रदेशको राजधानी सूर्खेतमा सम्पन्न गरिएको छ ।
कार्यक्रम सहीदप्रति एक मिनट मौनधारण गरी सञ्चालन गरिएको उक्त कार्यक्रमालाई उपस्थित सबै नेताहरुले सम्वोधन गर्नु भएको थियो । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुमा नेकपा (क्रान्तिकारी माओवादी) का सूर्खेतका जिल्ला सेक्रेटरी श्याम, कालीकोट जिल्ला सेक्रेटरी कर्ण विसी, दैलेख जिल्ला सेक्रेटरी बीरेन्द्रबहादुर सिंह, अखिल क्रान्तिकारीका के.स. हिमाल रसाइली र क्रान्तिकारी युवालिगका ६ नं. प्रदेश सदस्य दिपेन्द्र शाही हुनुहुन्थ्यो ।
कार्यक्रमको अन्त्यमा सहभागी सबैले रातो टिका लगाइ एकआपसमा शुभकामना आदान प्रदान गरिएको थियो । बोल्ने सबै वक्तहरुको जोड जनयुद्धका उपलब्धीहरुको रक्षा गर्दै, विश्व सर्वहारा क्रान्तिले प्राप्त गरेका सकारात्मक र नकारात्मक उपलब्धीहरुबाट शिक्षा लिदै माक्र्सवाद—लनिनवाद—माओवादलाई देशको अनुकूलतामा सृजनात्मक प्रयोग गरी नेपाल कम्यनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले नेपालमा सर्वहारा श्रमजीवि वर्गको नेतृत्वमा नयाँ जनवादी क्रान्तिलाई सफल पार्दै जनवादी राज्यब्यवस्था स्थापनाको लागि क्रान्तिकारी नीति र कार्यक्रम अगाडी सारेको छ भन्ने थियो ।































