काठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सीको गोलसँगै अर्जेन्टिनाले विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई १–० ले पराजित गरेको छ ।
अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका मेस्सी फेरि अर्जेन्टिनाको जर्सीमा मैदान फर्किएको पहिलो खेलमा नै गोल गर्दै टिमलाई जित दिलाएका हुन् ।
शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाका लागि घरेलु मैदानमा मेस्सीले ४३ औं मिनेटमा गोल गरेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा डाइबालाले रातो कार्ड पाएपछि दोस्रो हाफमा भने अर्जेन्टिना १० खेलाडीमा सीमित हुन पुगेको थियो ।
दोस्रो हाफमा उरुग्वेले सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न असफल भयो । उसका लागि इडिन्सन काभानी र लुइज स्वारेजले गोलका केही अवसर सदुपयोग गर्न सकेनन् ।