भारतविरुद्ध पाकिस्तानले चाल्यो कडा कदम

भारतविरुद्ध पाकिस्तानले चाल्यो कडा कदम

एजेन्सी । भारत पाकिस्तानबीच पछिल्लो समयमा सम्बन्ध तित्ततापूर्ण भइरहेका बेला पाकिस्तानले झन कडा रुपमा प्रस्तुत हुने संकेत दिएको छ ।

बढ्दो दुई देशको तनावकाबीच पाकिस्तानले भारतीय टेलिभिजन च्यानलहरूको प्रसारणमा रोक लगाएको छ । पाकिस्तानको विद्युतीय मिडिया नियामक निकायले भारतीय च्यानलका अवैध प्रसारण रोक्न मिडिया सञ्चालकलाई निर्देशन दिएको हो ।

विभिन्न टेलिभिजन सञ्चालक र आमनागरिकको उजुरीको आधारमा पाकिस्तान इलेक्ट्रोनिक मिडिया नियामक प्राधिकरण (पेमरा)ले यस्तो कदम चालेको हो ।
पेमरा प्रमुख अब्सार आलमले आचारसंहिता उल्लंघन गर्ने टिभी च्यानलमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनले अनुमति लिएका टेलिभिजन च्यानलहरूले मात्रै विदेशी सामग्री प्रसारण गर्न पाउने बताए ।

पाकिस्तानी टिभी च्यानलमा १५ अक्टोबरदेखि भारतीय भिटी च्यानलका विषयवस्तु प्रसारणमा ६ प्रतिशतले कटौती हुनेछ । यस प्रकारका विषयवस्तु प्रसारणमा रोक लगाउनका लागि ४५ दिनको समय दिइएको छ । यसपछि भारतीय टिभीका सामग्री अवैध रूपमा प्रसारण गरेमा कारबाही हुनेछ ।