‘देशको परिस्थिति अनुसार जनयुद्धको बाटोलाई स्थापित गरौं’ भन्दै क्रान्तिकारी माओवादीसहित विश्वका १५ वटा माओवादी पार्टीद्वारा संयुक्त अपिल जारी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सहित विश्वका १५ वटा कम्युनिस्ट पार्टीले १३० औं अन्तर्राष्ट्रिय मई दिवसको अवसर पारेर संयुक्त अपिल जारी गर्दै आ–आफ्नो देशको परिस्थिति अनुसार जनयुद्धको बाटोलाई स्थापित गरौ भनी आव्हान गरेका छन् । संयुक्त अपील जारी गर्ने माओवादी पार्टीहरुमा माओवादी कम्युनिस्ट पार्टी निर्माण कमिटी, ग्यालिसिया, स्पेनिस राज्य, कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तान, नेपाल कम्युनिस्ट […]

विश्व मजदुर दिवसको अवसरमा क्रान्तिकारी माओवादीद्वारा वक्तव्य जारी, मजदुरहरुलाई नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्न आव्हान

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले विश्व मजदुर दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै नेपाल लगायत विश्वभरिका आम श्रमजीवि तथा उत्पीडित वर्गलाई आ–आफ्नो देशको विशेषता अनुसार सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने नयाँ जनवादी वा समाजवादी क्रान्ति हुँदै साम्यवाद प्राप्तिको दिशामा अगाडि बढ्न हार्दिक आह्वान गरेको छ । क्रान्तिकारी माओवादीका महासचिवले आज विहान जारी गरेको वक्तव्यमा भनिएको […]

४ नं. प्रदेशमा मुख्यमन्त्रीमार्फत् बुझाइयो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन पछि केन्द्रिय समितिको बैठकले निर्णय गरे अनुसार देशका सबै प्रदेशमा मुख्यमन्त्री मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने घोषित कार्यक्रम अनुसार ४ नम्बर प्रदेशले आइतबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई २३ बँुदे ज्ञापन पत्र बुझाएको छ । प्रदेश समितिका अध्यक्ष केशबहादुर परियारको नेतृत्वमा गएको प्रतिनिधि […]

देजमो ३ नं. प्रदेशले बुझायो नारा जुलुससहित मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हेटौडा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले भव्य नारा जुलुससहित मुख्यमन्त्रीको कार्यालय हेटौडामा ज्ञापन पत्र बुझाएको छ । मोर्चाका ३ नं. प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठको नेतृत्वमा नारा जुलुससहित मुख्यमन्त्रीको कार्यालयमा पुगेको टोलीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई केन्द्रीत गरी तयार पारिएको २५ बुँदे ज्ञापन पत्र बुझाएको हो । टोलीले मोर्चाले यसअघि प्रधानमन्त्रीलाई बुझाएको […]

सहिद (खुल्ला)मञ्च खाली गराउन देजमोले दियो सरकार र महानगरपालिकालाई अल्टिमेटम, बैशाखभित्र खाली नगरिए जनकारबाहीद्वारा खाली गराइने चेतावानी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सहिद मञ्च कब्जा गरिएकोप्रति कडा विरोध गर्दै सरकार र महानगरपालिकालाई बैशाखभित्र सहिदमञ्च खाली गराउन अल्टिमेटम दिएको छ । सहिद मञ्च जनताले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने ठाउँ भएको भन्दै त्यो मोर्चालाई सह्य नहुने र बैशाखभित्र खाली नगरिए जनता आफैले प्रत्यक्ष कारबाहीद्वारा खाली गराउने चेतावानी […]

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष, बाँकी नै छ ‘नयाँ जनवादी क्रान्ति’को कार्यभार

काठमाडौं । २२ अप्रिल, १९४९ (बैशाख ९, २०७६)मा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६९ पूरा गरी ७० वर्षमा प्रवेश गरेको छ । आजकै दिन अर्थात् २००६ साल बैशाख ९ गते रुसी समाजवादी क्रान्तिका महान नेता लेनिनको जन्म दिवसको अवसर पारेर पुष्पलाल श्रेष्ठको नेतृत्व र पहलकदमीमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । महान् लेनिनले रुसी […]

क्रान्तिकारीहरु एकताबद्ध भएर बन्दुक उठाउने हिम्मत गरे सत्ता पल्टाउन सकिन्छ : महासचिव किरण

काठमाडौं । २९ औं ऐतिहासिक जनआन्दोलन दिवसको अवसरमा आयोजित विशाल जनप्रदर्शन तथा पार्टीको क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको भव्य उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरुले एकताबद्ध भएर बन्दुक उठाउनेसम्मको हिम्मत गरे पुरानो सत्ता र व्यवस्था पल्टाउन सकिन्छ भनेका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित […]

अवरोधहरु छिचोल्दै यसरी भइरहेछ चैत्र २४ को भव्य तयारी (फोटो फिचरसहित)

काठमाडौं । चैत्र २४ को ऐतिहासिक जनआन्दोलन दिवस नजिकिदैछ । यही ऐतिहासिक दिनको अवसर पारेर नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टीको क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको व्यानरमा विशाल जनप्रदर्शन तथा विशाल जनसभाबीच मोर्चाको राष्ट्रिय सम्मेलनको उद्घाटनको भव्य तयारी गरिरहेको छ । चैत्र २४ नजिकिदै गर्दा देशका विभिन्न भाग लगायत काठमाडौंका सडकका भित्ताहरु पम्प्लेटिङले भरिएका छन्, […]

चैत्र २४ मा क्रान्तिकारी माओवादीले काठमाडौंमा गर्दैछ शक्ति प्रदर्शन, विशाल जनसभाका बीच देजमोको राष्ट्रिय सम्मेलनको उद्घाटन गरिने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले चैत्र २४ गते आन्दोलनको दोस्रो उत्कर्षको रुपमा काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । शक्ति प्रदर्शनसँगै विशाल जनसभाका बीच पार्टीको क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको राष्ट्रिय सम्मेलनको भव्य रुपमा उद्घटन गरिदैछ । यतिखेर क्रान्तिकारी माओवादीले आफ्नो सिंगो शक्तिलाई चैत्र २४ को जनप्रदर्शन तथा विशाल जनसभा अर्थात् […]

चैत्र २४ गते काठमाडौं जाऔं ! क्रान्तिकारी विकल्पको तयारी गरौं !!

आदरणीय जनसमुदाय तथा दिदी बहिनी, दाजु भाइहरु ! आगामी २०७५ चैत्र २४ गते काठमाडौंमा हुने विसाल जन समुदायको उपस्थिति बहुआयामिक महत्वको हुनेछ । पहिलो, यो हामीले यही फागुन ७ गते देखि २१ गतेसम्म देशका विभिन्न भागमा सफलतापूर्वक सञ्चालन गरेको ‘मेची – महाकाली जन जागरण अभियान’ को उत्कर्ष हुनेछ । दोस्रो, यो जनविरोधी र राष्ट्रघाती सरकारलाई […]