अखिल नेपाल आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा भव्य रुपले सम्पन्न (फोटो फिचर)

पोखरा । अखिल नेपाल आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय सम्मेलन शनिवार पोखरामा भव्य रुपले सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन समारोहलाई नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क. मोहन वैद्य किरण, स्थायी समिति सदस्य क. रामसिंह श्रीस, पीवीएम क. सीताराम तामाङ, पार्टी सल्लाहकार समिति अध्यक्ष प्रा. डा. ओम गुरुङ लगायतले सम्बोधन गरेका थिए । महासचिव नगेन्द्र राईद्वारा […]

इच्छुक सांस्कृतिक प्रतिष्ठानद्वारा ‘इच्छुक स्मृति पुरस्कार’तथा ‘इच्छुक प्रतिभा पुरस्कार’ वितरण

काठमाडौं । इच्छुक सांस्कृतिक प्रतिष्ठानले यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवन निवासी साहित्यकार ईश्वरी ओझा र काभ्रेपलाञ्चोक निवासी साहित्यकार प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गरेको छ । उक्त पुरस्कार इच्छुक सांस्कृतिक प्रतिष्ठानको आफ्नै हलमा सोमवार वरिष्ठ सौन्दर्य चिन्तक तथा दार्शनिक मोहन वैद्य ‘चैतन्य’को हातबाट वितरण गरिएको हो । साहित्यकार सहिद कृष्णसेन इच्छुकको नाममा स्थापित यो […]

जुर्मुराउँदै अखिल (क्रान्तिकारी) : जारी छ अनिश्चितकालीन अनसन, कैलालीमा विरोध प्रदर्शन

काठमाडौं । मोहन वैद्य‘किरण’ नेतृत्वको अखिल (क्रान्तिकारी) केही दिनदेखि निरन्तर सडक आन्दोलनमा छ । शिक्षा क्षेत्रमा विद्यमान निजीकरण, व्यापारीकरण, माफियाकरण तथा शैक्षिक संस्थाहरुमा मौलाउँदो भ्रष्टाचार, अनियमिता तथा अपारदर्शिताका विरुद्ध उसले आवाज उठाउँदै आएको छ । कहिले संयुक्त त कहिले एकल रुपमा पछिल्ला केही हप्तादेखि अखिल (क्रान्तिकारी)ले सडक तताइरहेको छ । र, जनयुद्धकालीन गौरवशाली विरासतलाई पुनर्जीवित […]

त्रिवि सेवा आयोगमा भएको अनियमिताका विरुद्ध अखिल क्रान्तिकारीको चरणबद्ध आन्दोलन, सोमबारबाट अनिश्चितकालीन रिले अनसन सुरु

काठमार्डौ । ‘त्रिवि सेवा आयोग खारेज गर, आयोगका भ्रष्ट पदाधिकारीहरुलाई तत्काल बर्खास्त गर, अवैधानिक रुपमा प्रकाशन गरिएको नतिजा खारेज गर’ जस्ता तीन बुँदे माग राखेर चरणबद्ध संघर्षमा उत्रिएको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले सोमबारदेखि अनिश्चितकालीन रिले अनसन सुरु गरेको छ । आफ्ना माग पूरा नभएसम्म अनसन जारी राखिने क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले मूलबाटोलाई बताए […]

‘देशको परिस्थिति अनुसार जनयुद्धको बाटोलाई स्थापित गरौं’ भन्दै क्रान्तिकारी माओवादीसहित विश्वका १५ वटा माओवादी पार्टीद्वारा संयुक्त अपिल जारी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) सहित विश्वका १५ वटा कम्युनिस्ट पार्टीले १३० औं अन्तर्राष्ट्रिय मई दिवसको अवसर पारेर संयुक्त अपिल जारी गर्दै आ–आफ्नो देशको परिस्थिति अनुसार जनयुद्धको बाटोलाई स्थापित गरौ भनी आव्हान गरेका छन् । संयुक्त अपील जारी गर्ने माओवादी पार्टीहरुमा माओवादी कम्युनिस्ट पार्टी निर्माण कमिटी, ग्यालिसिया, स्पेनिस राज्य, कम्युनिस्ट (माओवादी) पार्टी अफगानिस्तान, नेपाल कम्युनिस्ट […]

विश्व मजदुर दिवसको अवसरमा क्रान्तिकारी माओवादीद्वारा वक्तव्य जारी, मजदुरहरुलाई नयाँ जनवादी क्रान्तिको दिशामा अगाडि बढ्न आव्हान

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले विश्व मजदुर दिवसको अवसरमा एक वक्तव्य जारी गर्दै नेपाल लगायत विश्वभरिका आम श्रमजीवि तथा उत्पीडित वर्गलाई आ–आफ्नो देशको विशेषता अनुसार सर्वहारा वर्गको नेतृत्वमा सम्पन्न हुने नयाँ जनवादी वा समाजवादी क्रान्ति हुँदै साम्यवाद प्राप्तिको दिशामा अगाडि बढ्न हार्दिक आह्वान गरेको छ । क्रान्तिकारी माओवादीका महासचिवले आज विहान जारी गरेको वक्तव्यमा भनिएको […]

४ नं. प्रदेशमा मुख्यमन्त्रीमार्फत् बुझाइयो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

पोखरा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलन पछि केन्द्रिय समितिको बैठकले निर्णय गरे अनुसार देशका सबै प्रदेशमा मुख्यमन्त्री मार्फत् प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाउने घोषित कार्यक्रम अनुसार ४ नम्बर प्रदेशले आइतबार प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई २३ बँुदे ज्ञापन पत्र बुझाएको छ । प्रदेश समितिका अध्यक्ष केशबहादुर परियारको नेतृत्वमा गएको प्रतिनिधि […]

देजमो ३ नं. प्रदेशले बुझायो नारा जुलुससहित मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हेटौडा । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले भव्य नारा जुलुससहित मुख्यमन्त्रीको कार्यालय हेटौडामा ज्ञापन पत्र बुझाएको छ । मोर्चाका ३ नं. प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठको नेतृत्वमा नारा जुलुससहित मुख्यमन्त्रीको कार्यालयमा पुगेको टोलीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई केन्द्रीत गरी तयार पारिएको २५ बुँदे ज्ञापन पत्र बुझाएको हो । टोलीले मोर्चाले यसअघि प्रधानमन्त्रीलाई बुझाएको […]

सहिद (खुल्ला)मञ्च खाली गराउन देजमोले दियो सरकार र महानगरपालिकालाई अल्टिमेटम, बैशाखभित्र खाली नगरिए जनकारबाहीद्वारा खाली गराइने चेतावानी

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को क्रान्तिकारी संयुक्त मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सहिद मञ्च कब्जा गरिएकोप्रति कडा विरोध गर्दै सरकार र महानगरपालिकालाई बैशाखभित्र सहिदमञ्च खाली गराउन अल्टिमेटम दिएको छ । सहिद मञ्च जनताले आफ्नो अभिव्यक्ति सार्वजनिक गर्ने ठाउँ भएको भन्दै त्यो मोर्चालाई सह्य नहुने र बैशाखभित्र खाली नगरिए जनता आफैले प्रत्यक्ष कारबाहीद्वारा खाली गराउने चेतावानी […]

नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको ७० वर्ष, बाँकी नै छ ‘नयाँ जनवादी क्रान्ति’को कार्यभार

काठमाडौं । २२ अप्रिल, १९४९ (बैशाख ९, २०७६)मा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६९ पूरा गरी ७० वर्षमा प्रवेश गरेको छ । आजकै दिन अर्थात् २००६ साल बैशाख ९ गते रुसी समाजवादी क्रान्तिका महान नेता लेनिनको जन्म दिवसको अवसर पारेर पुष्पलाल श्रेष्ठको नेतृत्व र पहलकदमीमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । महान् लेनिनले रुसी […]