१६ भाद्र वर्दीया ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठन नेपालको बर्दीया जिल्ला भेला भव्यताकासाथ सम्पन्न ।

भेलाको अध्यक्षता जगदिस थारुले गरेका थिए भने प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा ६ न प्रदेश सह–संयोजक र बाँके वर्दिया कमान ईन्चार्ज दिपक शाहीले गरेका थिए ।
प्रमुख अतिथिका रुपमा भेलालाई सम्बोधन गदै दिपक शाहीले देश निर्माणमा प्रमुख भुमिका युवाहरुको हुन्छ, युवा सचेत भए भने मात्र देश स्वाधीन, स्वतन्त्र, अखण्ड, समृद्ध हुन छ । युवा सचेत नभए भने देशमा साम्राज्यवादी, विस्तारवादी, प्रतिक्रियावादी, दक्षिणपन्थी अवसरवादी र नव संसोधनवादी तत्वहरु हावि हुन्छन्, साथै अन्याय अत्याचार भ्रष्टाचार बलात्कार अराजक अनुसासन हिन्ता वढ्दै जान्छ, यसर्थ सवै परिवर्तन चाहाने देश भक्त प्रगतिशील वामपन्थी विचार राख्ने युवाहरु एक जुट भएर अहिले देशमा भएको लुटतन्त्रका विरुद्ध संघर्ष गर्नु वाहेकको अर्को कुनै विकल्प छैन भने ।

आफ्नो सम्वोधनमा उनले देश दिन प्रतिदिन कम्जोर हुँदै जानुको मुख्य कारण दलाल संसदीय व्यवस्थाले गरेको लुटखसोट र भ्रष्टाचार ललिता निवास प्रकरण सुन काण्ड, टि स्टेट, टिकापुर नगर विकासमा भएको जग्गा काण्ड, विभिन्न राष्ट्रघाति सन्धि सम्झौता, नेपालका प्रकृतिक सम्पदाहरुमा विदेशिहरुको हालिमुहालि र विक्रि वितरण जस्ता कु–क्रर्महरुका कारण उदारवादी लोकतान्त्रिक गणतन्त्र आफै समाप्त भै सकेको छ र देश कमजोर बनेको छ भन्नेमा जोड दिए । उनले अब यसको एउटै मात्र विकल्प नयाँ जनवादी हुँदै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनार्थ स–सक्त जनविद्रोह वा तेस्रो जनआन्दोलन गर्नु पर्ने वताए । पार्टीले लिएको कार्यक्रमलाई जनताको घरघर सम्म लौजान सवै नेता कार्यक्रर्तालाई सचेत पार्दै मिसन २०८३ शिक्षालाई पुर्ण सामुदायिक र नि–शुल्क गर्ने, स्वास्थलाई २०८१ सम्म ६८ वर्ष उमेर पुगिसकेका जेष्ठ नागरिकहरुलाई नि शुल्क स्वास्थ्य उपचार गर्नु पर्ने, देशका ७५३ वटा स्थानिय सरकारले प्रत्येक स्थानिय तहमा कम्तीमा दुई दुई वटा उद्योग स्थापना गनुपर्ने र एउटा पुर्ण सरकारको स्वामित्व र एउटा अर्ध सरकारी वा ५१% सरकार र ४९% जनताको लगानि भएको उद्योग २०८३ सम्म अनिवार्य स्थापनाका लागि संघर्ष गर्ने प्रत्येक वडामा कृषि उपज संकलन केन्द्र वनाएर जनतालाई सस्तोमा वितरण गर्नु पर्ने, पुर्ण भ्रष्टाचार मुक्त गर्न संघर्षका कार्यक्रमहरु वैधानिक अवैधानिक दुवै संघर्ष चलाउने कुरामा जोड दिएका थिए ।

भेलामा विशेष अतिथि क्रान्तिकारी युवा संगठन नेपालका ६ न. प्रदेश संयोजक प्रकाश शर्मा अतिथिहरु पार्टी केस तथा वर्दिया जिल्ला इन्चार्ज शक्ति, पार्टी केस वालकृष्ण वलि, पार्टी जिल्ला संयोजक दिलमान, जिल्ला कार्यालय सदस्यहरु संघर्शिल, अनु, रमेश, दलित मोर्चाका कैलाश गन्धर्व , पार्टी प्रदेश सल्लाहकार सदस्य जय व ठाडा, पार्टी सदस्य मुनिम यादवले पनि शुभकामना मन्तव्य दएका थिए ।

भेलाको पुर्व सन्ध्यामा युवाहरुले गुलरिया वजारमा जुलुस सहित परिक्रमा गरेको थियो, नाराहरु क्रान्तिकारी युवा संगठन नेपाल, जिन्दावाद, एमसीसी चाहिँदैन देश वेच्न पाईदै, दलाल संसदिय व्यवस्था मुर्दावाद, असमान सन्धि सम्झौता खारेज गर, साम्राज्यवाद तथा विस्तारवाद मुर्दावाद, सम्पुर्ण मजदुर तथा उत्पिडीत एक हौं । दलाल र भ्रष्टहरु होसियार, क्रान्तिकारी कम्युनिस्ट पार्टी जिन्दावाद जस्ता नारा घन्काउदै जुलुस भेलामा परिवर्तन भएको थियो।
भेलाले जगदिश थारुको अध्यक्ष र उमेस गौतम सचिव रहने गरि ६१ सदस्यीय जिल्ला संगठन समिति सर्व संवत् रुपमा निर्वाचित गरेको छ ।






























