क्रान्तिकारी माओवादीले मेची–महाकाली अभियानकै बीचमा सहिद सप्ताह मनाउने

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले पार्टी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चाको नेतृत्वमा ७ फागुनदेखि जारी मेची–महाकाली अभियानकै बीचमा सहिद सप्ताह मनाउने भएको छ । फागुन १४ देखि २१ सम्मलाई क्रान्तिकारी माओवादीले सहिद सप्ताहको रुपमा जनयुद्ध तथा जनआन्दोलन, झापा विद्रोहलगायत सबै सहिदहरुको सम्झना र सम्मानमा सहिद सप्ताह मनाउँदै आएको छ । सहिद तथा वेपत्ता योद्धा परिवारसँग भेटघघाट […]

‘ओली सरकार दलाल, तस्कर, माफिया र अपराधीहरुको पक्षमा’

धनुषा । गत मंगलबारदेखि देशव्यापी मेची–महाकाली अभियानमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले आज धनुषाको जनकपुरमा पत्रकार सम्मेलन गरेको छ । मोर्चाले चलाएको अभियानका विषयमा जानकारी दिने उद्देश्यले उक्त पत्रकार सम्मेलनको आयोजना गरिएको हो । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेल गौरवले वर्तमान केपी ओली शर्मा नेतृत्वको सरकार देश र जनताको पक्षमा नभै […]

नेकपामा एकता कार्यदल बिघटन : एमाले–माके एकता भीरमा फलेको फर्सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी एकताका लागि गठन गरिएको कार्यदल बिघटन गरेपछि सत्ताधारी दलभित्र थप अन्यौलता छाएको छ । सिर्जित यो अन्यौलतासँगै कार्यदल बिघटनको विपक्षमा रहेका नेताहरु छुट्टै प्रतिवेदनको तयारीमा लागेका छन् । तयार हुँदै गरेको उक्त प्रतिवेदन कार्यदल बिघटन गर्ने शीर्ष नेतृत्वलाई बुझाइने बताइएको छ । सचिवालयको बैठकमा कार्यदलबारे थोरै […]

मेची–महाकाली अभियानको सिराहा च्याप्टर : १२ ठाउँमा गरियो कोणसभा

सिराहा । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा सञ्चालित मेची–महाकाली जनजागरण अभियान टोलीले सिराहाका विभिन्न १२ स्थानहरुमा कोण सभा सम्पन्न गरेको छ । प्रायः सबै कोणसभामा मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलको प्रमुख आतिथ्यता र क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरिभक्त कँडेलको विशेष आतिथ्यता रहेको थियो भने ती कोणसभाहरुमा पार्टी पीविएम तथा २ […]

‘लोकतान्त्रिक गणतन्त्र हाम्रो मुद्दा होइन, संघीय जनगणतन्त्रका लागि सडक संघर्ष गर्छौं’

सिरहा । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य समेत रहेका देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले लोकतान्त्रिक गणतन्त्र आफूहरुको मुद्दा नभएको बताउँदै संघीय जनगणतन्त्रका लागि सडक संघर्ष गर्ने बताएका छन् । अध्यक्ष गजुरेलले आज सिरहाको कल्याणपुरमा भएको जनसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले मधेसी उत्पीडित जनतालगायत सबै उपेक्षित तथा उत्पीडित श्रमजीवी […]

मेची–महाकाली अभियान टोलीले गर्यो सुर्खेतमा र्यालीसहित भव्य जनसभा

सुर्खेत । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको नेतृत्वमा जारी मेची–महाकाली अभियान अन्तर्गत पश्चिम कञ्चनपुरबाट सुरु भएको अभियान टोलीले आज कर्णाली प्रदेशको सुर्खेतमा भव्य जनसभाको आयोजना गरेको छ । अभियान टोलीले ¥यालीसहित सुर्खेतको पिपल चौतारीमा जनसभाको आयोजना गरेको हो । मोर्चाका केन्द्रीय सचिवालय सदस्य दिपकबहादुर शाहीको अध्यक्षतामा भएको जनसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य रामसिंह श्रीस, […]

संसदीय भ्रमको खेतीबाट होइन, जनवादी क्रान्तिबाट मात्र तराईवासीको समस्या समाधान हुन्छ : हरिभक्त कँडेल ‘प्रतिक’

सिरहा । संसदीय भ्रमको खेतीबाट होइन, नयाँ जनवादी क्रान्तिबाट मात्र तराईवासीहरुका साथै सम्पूर्ण शोषित उत्पीडितहरुको समस्या समाधान हुन सक्ने नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समितिका सदस्य तथा नेता हरिभक्त कँडेल ‘प्रतिक’ले बताएका छन् । सिरहाको बरियारपट्टी चोकमा आयोजित कोणसभामालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले फागुन ७ गतेबाट देशव्यापी रुपमा […]

कमरेड कृष्णदास : कम्युनिष्ट आदर्शको उदात्त छवि

१. कृष्णदाससँगको यात्रा कम्युनिस्ट अध्ययन संगठनदेखि माओवादीसम्म  कृष्णदास श्रेष्ठ काठमाडौंको निम्नमध्यम वर्गीय परिवारमा जन्मनु भएको हो । वहाँ नेपालको कम्युनिस्ट आन्दोलनका घुम्ती र आरोह अवरोहका साथी त हुँदै हुनुहुन्छ, सँगै माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र, समाजवाद, राजनीति र विचारलाई नेपाली समाजमा फैलाउन, विकसित गर्न र समृद्ध पार्न आप्mनो जीवनलाई सम्पूर्णतः लगाउने क्रान्तिकारी नेता, विचारक, चिन्तक एवं […]

ललितपुरमा डबल नेकपा परित्याग गरी दर्जनौं क्रान्तिकारी माओवादीमा प्रवेश

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को संयुक्त मोर्चा देजमोको ललितपुर जिल्ला महालक्ष्मी नगर कमिटीको प्रथम भेला शनिबार सम्पन्न भएको छ । ललितपुरको लुभुमा जनसमुदायसमेतको उपस्थितिमा भेला सम्पन्न भएको हो । भेलाले विष्णु रेग्मीलाई अध्यक्षमा निर्वाचित गर्दै २ सदस्य पछि थप्ने गरी १७ सदस्यीय देजमोको महालक्ष्मी नगर कमिटि निर्वाचित गरेको छ । अध्यक्षता तथा सञ्चालन विष्णु रेग्मी […]

क्रान्तिकारी माओवादी मकवानपुरको सेक्रेटरीमा कमरेड पारस

मकवानपुर । नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरको जिल्ला भेलाले पारस नेपालीलाई पार्टीको जिल्ला सेक्रेटरीम निर्वाचित गरेको छ । मकवानपुरको हेटौंडा बजार स्थित दर्शन पार्टी प्यालेसमा सम्पन्न भेलाले २३ सदस्यीय जिल्ला कमिटि निर्वाचित गरेको छ । निर्वाचित कमिटीको पहिलो बैठकले सेक्रेटरीमा नेपालीलाई चनय गरेको हो । यसअघि मकवानपुरको सेक्रेटरीमा सागर उप्रेती रहेका थिए । बैठकले सात सदस्यीय […]