माघ १५ सर्लाही ।
सर्लाही जिल्लाका निमुखा असाय र भुमिहिन / सुकुम्बासीहरुको लोकप्रीय नेता क. सुमन अधिकारी ६ दिन सम्म बिना कसुर जेल बसेर निक्सने बितिकै सुकुम्बासी संगठन बिस्तार का लागि लागिपरेका छन । बिना कसुर झुटो / काल्पनीक बनावटी केश बनाइ हुकम्बासी हरुले सुकुम्बासी नेतालाई जेल हाल्न खोजे पनि सत्यता लुक्न सक्दैन भन्ने बिषयलाई सार्थक बनाउदै ६ दिनको जेल बसाय पछि उहाँ जिल्ला प्रशासन कार्यालयबाट रिहा हुनु भएको थियो । उहाँलाई थुनमुक्त गरेको दिन ठूलो संख्यामा सुकुम्बासी जनताहरुको उपस्थितिमा उहाँलाई फूलमालाले स्वागत गरेका थिए ।
सर्लाही जिल्ला भर सुकुम्बासी संगठन निर्माण हुने काम जारी हुने क्रममा आज हरिवन नगरपालिका वडा न १० मा भुमिहिन सुकुम्बासीको वडा भेलामा सुकुम्बासी नेता तथा सर्लाही जिल्ला इन्चार्ज क.सन्ध्या प्रधान, सुमन अधिकारी ,जोख बहादुर मोक्तान ,शेख मन्शुर,मुसर्नी देबि,इशाक महमद,हरुको उपस्थितिमा सम्पन भएको छ । व
डा भेलाले वडा संयोजकमा बिष्णुदेव महरा चयन हुनु भएको जानकारी स्थानिय सुकुम्बासीहरुलाई समेत गराइएको थियो । सुकुम्बासी अन्दोलन अगाडि बडाउन र सरकारसँगको सम्झौता कार्यान्वय गर्नको लागि दबाब दिन भुमिहीन जनता सडकमा आउन तयार रहेको जानकारी समेत साइला तामाङले दिनु भयो ।