१५ माघ कुपन्डोल ललितपुर ।
यही माघ १३ गते देशभक्त जनगणतान्त्रिक मोर्चा ३ नं प्रदेशको भेला सम्पन्न भएको छ । उक्त भेलाको प्रमुख अतिथी देजमो नेपालका केन्द्रीय अध्यक्ष सिपी गजुरेल हुनुहुन्थ्यो ।
उक्त भेलामा नेकपा. (कान्तिकारी माओवादी) ३ नं प्रदेश इन्चार्ज अटल, प्रदेश सेक्रेटरी प्रबेशको समेत उपस्थिति थियो । कार्यक्रमको अध्यक्षता मोर्चाको केन्द्रीय सचिव पवनमान श्रेष्ठले गर्न भएको थियो ।


भेलाले शिव श्रेष्ठको अध्यक्षतामा ४५ जनाको प्रदेश कमिटी निर्वाचित गरेको छ । उक्त भेलालाई केन्द्रीय अध्यक्ष सिपी गजुरेल र प्रदेश इन्चार्ज अटलले सम्बोधन गर्नु भएको थियो भने बधाई तथा शुभ कामना ज्ञापन प्रदेश सेक्रेटरी प्रवेशले गर्न भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तब्य गोर्की श्रेष्ठले गर्नु भएको थियो ।


कार्यक्रमको अन्तमा अध्यक्षता गर्नु भएका पबनमान श्रेष्ठले नव निर्वाचित समितिलाई धन्यबाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन शिव श्रेष्ठले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर