नवलपरासी/१४ माघ, नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ(क्रान्तिकारी) जिल्ला समिति पश्चिम नवलपरासीको प्रारम्भिक भेलाले मुक्तमाया महताेकाे संयोजकत्वमा नौ सदस्सीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ ।
शनिवार बर्दघाट–४ दिब्यनगरमा भएको भेलामा क्रान्तिकारी माओवादी केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यता, क्रान्तिकारी पत्रकार महासंघका महासचिव रवि पाण्डेय देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला संयोजक चुडामणि भण्डारी अखिल नेपाल महिला संघ(क्रान्तिकारी)की प्रदेश सदस्य उर्मिला थापा लगायतको आतिथ्यता थियो ।
भेलाले अखिल नेपाल महिला संघ(क्रान्तिकारी) को जिल्ला सदस्यमा लक्ष्मी घिमिरे, देवकला भण्डारी, योगमाया गुरुङ, सरस्वती सापकोटा, गौरी पोखरेल, जेनिसा परियार लगायतलाई निर्वाचित गरेको संयोजक महतोले जानकारी गराउनुभयो ।
भेलाले २०७९ चैत्र १८ गते बृहत जिल्ला भेला गर्ने, सबै पालिकामा सदस्यता वितरण तथा पालिका भेला गर्ने र अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने लगायतको निर्णय लिएको संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर