माघ १५ कोपुन्डोल ललितपुर ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको तीन नम्बर प्रदेशको प्रथम सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । माघ १४– १५ मा ललितपुरको कोपुन्डोलमा सम्पन्न सम्मेलन उद्घाटन र बन्दसत्र गरि दुई सत्रमा सम्पन्न भएको थियो ।
उद्घाटन सत्रका प्रमुख अतिथि नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी समिति सदस्य क. गौरवले संसदीय पार्टी वैचारिक पतनको स्थितिबाट गुज्रिएको बताउनु भएको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको तीन नम्बर प्रदेशको प्रथम सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै कमरेड गौरवले सो धारणा व्यक्त गर्नुभएको हो ।
“ प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रक्रियामा संसदमा जे देखियो, त्यसले नेपालको संसदीय राजनीतिको अहिलेको चित्र स्पष्ट गरेको छ । यो संसदवादी पार्टीहरुको वैचारिक पतनको पछिल्लो श्रृङ्खला हो ।“ क. गौरवको टिप्पणी थियो ।
सम्मेलनले कुमार घतानेको नेतृत्वमा ३५ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ । निर्वाचित समितिमा अध्यक्ष–कुमार घताने, उपाध्यक्ष त्रय क्रमश: रामकुमार दोङ, रमेश बोहोरा, देवि गौलि, सचिव– प्रदीप अस्थानी, सह–सचिव – सुजाता रोका, कोषाध्यक्ष– पूर्ण बहादुर लामा, सदस्यहरु क्रमश: बेदराज दियाली, होमप्रसाद घिमिरे, अमृत पोतेल, निमा लामा, रामकुमार देउला, सुन्दर श्रेष्ठ, राजकुमार डंगोल, सुनिल सिल्वाल, मदन लामा, दिनेश लामा, अर्जुन न्यौपाने, सचिता देवकोटा, निल बहादुर खत्री, राजेन्द्र नेपाल, लीलामणि न्यौपाने, लक्ष्मीराम दंगाल, दिनेश घिमिरे, रुद्र राई, दावा शेर्पा, धर्म दाहाल, वीर बहादुर श्रेष्ठ, सुरेन्द्र शाही र भुवन थापा हुन्हुन्छ ।
यससँगै सम्मेलनले ३ नम्बर प्रदेश महासंघका आगामी राजनीतिक–वैचारिक, सांगठनिक र संघर्षका कार्यक्रमहरु तय गरेको छ । सम्मेलनले पारित गरेको प्रतिवेदनमा भनिएको छ “ मालेमावादको दार्शनिक आलोकमा मजदुरवर्गको मुक्ति र जनवादी राज्यव्यवस्था स्थापनाको निम्ति सम्पूर्ण मजदुरवर्गलाई एकताबद्ध गर्दै बुर्जुवा व्यवस्था र श्रमिकमारा नीतिका विरुद्ध संघर्षलाई अघि बढाइनेछ ।“
बन्दसत्र कार्यक्रमलाई महासंघका अध्यक्ष इश्वर तिमिल्सिना, तीन नम्बर प्रदेश सेक्रेटरी क. प्रवेश, केन्द्रीय सदस्य क. पुष्कर श्रेष्ठ, महासंघका महासचिव वसन्त बोगटीले प्रशिक्षण गर्नुभएको थियो । त्यसक्रममा महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले “हामी अर्थवाद, ट्रेड युनियनवाद, राष्ट्रिय तथा वर्गीय आत्मसमर्पणवादका विरुद्ध जुध्दै अघि बढिरहेका छौं । अब यो संघर्ष अझ पेचिलो बन्दै छ । त्यसका निम्ति मजदुरहरुको वैचारिक धारलाई अझ धारिलो बनाउनु छ । एकताबद्ध मजदुर आन्दोलनको सृष्टि गर्नुछ ।“ भन्दै अध्ययन अनुसन्धानमा जोड दिन नेता कार्यकर्ता पंक्तिलाई आव्हान गर्नुभयो ।
त्यसैगरी प्रदेश सेक्रेटरी क. प्रवेशले “अन्तर्राष्ट्रिय अन्तरविरोधहरुले विश्वयुद्धको परिस्थिति बन्दै गएको देखिन्छ भने देशभित्र राष्ट्रिय संकटहरु अर्थतन्त्र, राजनीति सबैतिर छरपस्ट भएका छन । हामी सचेततापूर्वक अघि बढ्यौं भने मजदुरवर्गका मुक्ति र विजयका निम्ति यो सुन्दर र अनुकूल परिस्थिति बन्न सक्छ ।“ भन्ने धारणा राख्नुभयो ।