काठमाडौं/३, मङ्सिर
भोली मङ्सिर ४ गते हुन गइरहेको संसदीय निर्बाचनको बहिष्कारको आह्वान गर्न आयोजित बहिष्कार सभाबाट क्रान्तिकारी माओवादी सम्वद्ध जनवर्गीय सङ्गठन र मोर्चाका नेताहरूलाई आज विहान गरिफ्तार गरिएको छ ।
लैनचौर स्थित निर्वाचन आयोग अगाडि आयोजना गरिएको बहिष्कार सभा चलिरहेको अवस्थामा प्रहरीले कार्यक्रम विथोल्दै सभामा उपस्थित नेताहरूलाई गिरफ्तार गरेको हो । यसरी गिरफ्तारीमा पर्ने नेताहरूमा क्रान्तिकारी ट्रेड युनियन महासङ्घका महासचिव वसन्त बोगटी, अनेरास्ववियु क्रिान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य सुनिता बुढाथोकी, ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष अर्जुन बोगटी अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य युवराज थापा, ओखलढुंगा काठमाडौ जिल्ला सम्पर्क मञ्चका सचिव प्रतिरोध बोगटी रहेका छन् ।
नेकपा क्रान्तिकारी माओवादी सम्वद्ध जनवर्गीय सङ्गठन तथा मोर्चाहरूले आज संयुक्त रुपमा चुनाव बहिष्कारको आह्वान गर्दै कोणसभा आयोजना गरिएको थियो । सो अवसरमा कार्यक्रम विथोल्नुका साथै शान्तिपूर्ण रुपमा सभासम्मेलन गर्ने तथा विचार प्रवाह गर्ने अभिव्यक्ति स्वतन्त्रतासमेत हनन गरेर सरकारले फासिवादी हरकत गरेको आयोजक सङ्गठनका नेताहरूले बताएका छन् ।