काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन बहिस्कार गर्ने पार्टीको घोषित नीतिलाई कार्यान्वयनको गर्ने क्रमामा आज निर्वाचन आयोगको केन्द्रीय कार्यालयको गेटमा नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध संयुक्त जनवर्गीय संगठन र मोर्चा संगठनको संयुक्त आयोजनामा भएको शान्तिपूर्ण विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

हार्दिक शुभकामना !

प्रहरीले क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियनका महासचिव बसन्त बोगटी, पार्टी केन्द्रीय सस्य तथा अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, पार्टी प्रदेश सदस्य सुनिता बोगटी, सम्पर्क मञ्चका युवराज थापा, अर्जुन बोगटी र मञ्जिल बोगटीलाई गिरफ्तार गरी दरबारमार्गस्थित महानगरिय प्रहरी कार्यालयमा राखिएको छ ।

शान्तिपूर्ण कार्यक्रममाथि सरकारको अनावश्यक बन्देज, दमन र धरपकडको नेकपा (क्रान्तिकारी माओवादी)ले घोर निन्दा एवम् तीव्र भत्र्सना गरेको छ । पार्टीका प्रवक्ता प्रतीकले जारी गरेको वक्तव्यमा गिरफ्तारमा परेका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई निशर्त तत्काल रिहाई गर्न जोडदार माग गरिएको छ ।
वक्तव्यका सरकारको जनघाती र राष्ट्रघाती नीति र व्यवहारले आफ्नो कुरुप चेहरा उदांगो भएपनि कथित निर्वाचनको साहरामा प्रतिक्रियावादी दलाल व्यवस्थाको आयु लम्ब्याउन अन्तिम असफल प्रयास गरिरहेको उल्लेख गर्दै निर्वाचनको पूर्वसन्ध्यामा आम जनमसमुदायलाई यो संसदीय व्यवस्थाको निर्वाचनमा सहभागी नहुन र बहिस्कार गर्न हार्दिक आव्हान समेत गरिएको छ ।

thumbnail of Press statement of Spokesperson of RM

प्रतिक्रिया

सम्बन्धित खवर