ओली सरकारको फासीवादीकरणका विरुद्ध ५ पार्टीहरुको विरोध सभा (फोटो फिचर)

प्रकाशित मिति : २०७६ बैशाख २८

काठमाडौं । ओली सरकारको फासीवादीकरण र माफियाकरणका विरुद्धमा पाँच पार्टीहरुले शुक्रवार रत्नपार्कस्थित शान्तिबाटिकामा एक संयुक्त विरोधसभा भव्य रुपमा सम्पन्न गरेका छन् ।

कार्यक्रममा आयोजक पार्टीका नेताहरुले ओली सरकारको दलालीकरण, फासीवादीकरण र माफियाकरणको विरुद्धमा तथा देश र जनताका पक्षमा सम्बोधन गरेका थिए ।

सबै नेताहरुको सम्बोधनको सार अब ओली सरकारको फासीवादीकरणका विरुद्धमा सडक संघर्ष एक मात्र विकल्प रहेको भन्ने थियो ।

विरोधसभालाई देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेकपा (क्रान्तिकारी माओवादी) नेता तथा स्थायी समिति सदस्य रामसिंह श्रीस, नेकपाका अध्यक्ष ऋषि कट्टेल र नेकपा (माओवादी केन्द्र) नेता गोपाल किरातीलगायतले संबोधन गरेका थिए ।

उक्त संयुक्त विरोध कार्यक्रमको सञ्चालन देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका सचिव पवनमान श्रेष्ठले गरेका थिए ।