आत्मसमर्पण गरे निजी वित्तीय संस्थासामु अर्थमन्त्री खतिवडाले

वैंकहरु व्याजदरमा सरकारी हस्तक्षेप बाहिर

प्रकाशित मिति : २०७५ फाल्गुन २२

काठमाडौं । वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाको ब्याजदरमा सरकारले हस्तक्षेप नगर्ने घोषणा गरेका छन् । वैंकर्सले सरकारी नीतिका कारण ऋण प्रवाह गर्न निकै असहज परिस्थिति उत्पन्न भएको भनिरहेकै बेला खतिवडाले उक्त कुरा घोषणा गरेका हुन् ।

हाल वैंक तथा वित्तीय संस्थाहरुले मनपरी व्याजदरमा ऋण प्रवाह गरिरहेकाले जनता मारमा परेका र सरकार बोल्नुपर्ने आवाज उठिरहेको छ । तर सरकारका अर्थमन्त्री खतिवडाले भने वैंक तथा वित्तीय संस्थाहरुले ११ प्रतिशत ब्याजदर कायम गरे पनि सरकारको आपत्ति नरहने कुरा बताएका छन् ।

वैंकहरुमा पैसा रहेको तर लगाानी नगरिरहेको र गरिएको लगानीमा पनि चर्को व्याजदर कायम गरिहेको जनगुनासो रहेको छ । एकातिर वैंक लगानी गर्न डराइरहेका र अर्कोतिर उद्यामी तथा व्यवसायीले पैसा नै नपाइरहेका अवस्थामा सरकार आर्थिक क्रियाकलापमा टाट पल्टने अवस्थामा रहेको छ । वैंक र उद्यमी तथा व्यवसायी दुवै निजी क्षेत्रकै भएकोले मिलेर काम गर्न अनुरोध गरेका छन् । समाजवाद निर्माण गर्ने सपना बाँडिरहेको सरकार देशमा आर्थिक क्रियाकलापहरु ठप्प रहँदा आलोचनाको अचानोमाथि उभिन पुगेको छ ।

अर्थमन्त्री खतिवडा जेजसरी भए पनि निजी वैंक तथा वित्तीय संस्थाहरुसँग आत्मसमर्पण गर्ने अन्तिम विकल्पमा पुगेका छन् । मन्त्री खतिवडाले बरु ११ प्रतिशत ब्याजमै ऋण प्रवाह गर्नभनी अुनयविनय गरिरहेका छन् । उनका अनुसार व्याज जेसुकै र जतिसुकै होस् तर पैसा जनताका हातमा पुगोस् । उनले वैंक तथा वित्तीय संस्थालाई ६ र १६ को ‘अति’मा नपुगी बीचमा सहमति गर्न पनि सुझाव दिए ।