नयाँ नेपाल निर्माणार्थ नयाँ जनवादी क्रान्ति उत्थान गर्नु जरुरी छ । त्यसको निम्ति सर्वहारा वर्गीय नेता माओत्से तुङ्गले भन्नु भएजस्तो तिन जादुगरी हतियार– क्रान्तिकारी कम्युनिष्ट पार्टी, संयुक्त मोर्चा र जनसेना– निर्माण गर्नुका साथसाथै क्रान्तिकारी कार्यदिशा र जनाधार पनि निर्माण गर्नु आवश्यक छ । जनाधारबिना क्रान्ति गर्नु र हुनु असम्भव छ । क्रान्तिको मूल आधारमध्ये एक जनाधार हो र जनाधार निर्माण गर्न नेपाली सामाजिक विभेद अर्थात् वर्गीय समाजको विभिन्न वर्गीय चरित्र स्पष्ट र स्वतन्त्र रुपले बुझ्नु बुझाउनु जरुरी छ । जरुरी

छ नेपालको राजनीति, आर्थिक, सामाजिक, धार्मिक एवम् नेपालमा विद्यमान अन्य सम्पूर्ण वस्तुस्थितिबाट प्रष्ट हुनु ।
तत्कालिन नेपालका सामन्तवादी सत्तासिनहरुले आफ्नो वर्गीय स्वार्थसामु राष्ट्रिय स्वाधीनतालाई तुच्छ मानी, आक्रमणकारी ती बृटिश साम्राज्यादीसामु नतमस्तक भई गरेको १८१६ को सुगौली–सन्धिले खुम्च्याएको, हाम्रो नेपाल सानो भएर पनि विसाल छ । हाम्रो यस विसाल देशमा विस्तृत उब्जाउ भूमि छ, जसले हामीलाई खाने कुरा र लुगाफाटा प्रदान गर्छ । देशको लम्बाइचौडाइमा एक छेउदेखि अर्को छेउसम्म विस्तृत बन जङ्गल र समृद्ध खनिज भण्डार भएको हिमाल र पर्वत श्रृङ्खलाहरु छन् । सिंचाइको लागि उपयोगी हुने थुप्रै खोला, नदी र तालहरु छन् । प्राचिनकालदेखि हाम्रा पूर्खाहरु यसै भूमिमा रगत पसिना बगाउँदै जीवनयापन र सन्तान बृद्धि गर्दै आएका छन् ।

हार्दिक शुभकामना !

नेपाल राष्ट्र आफ्नो परिश्रमशीलता र कष्ट सहिष्णुताको निम्ति मात्र होइन, तर आफ्नो उत्कृत स्वतन्त्रता प्रेम र समृद्ध क्रान्तिकारी परम्पराको निम्ति पनि विश्व प्रशिद्ध छ । उदाहरणको निम्ति नेपालीहरुले अत्याचारी शासनको अगाडि कहिल्यै घुँडा टेक्दैनन् तर, त्यसलाई पल्टाइदिन वा फेर्नको निम्ति सधैँ नै क्रान्तिकारी उपायहरु प्रयोग गर्छन् भन्ने कुरा यहाँका आदिवासी जनजातिहरुको इतिहासले प्रमाणित गर्छ । आदिवासी जनजातिको हजारौं वर्षको इतिहासमा दास मालिक, जमिन्दार र उच्च खानदानीहरुको कालो शासनविरुद्ध सधैँ साना–ठूला जन–आन्दोलन, सशस्त्र विद्रोह र किसान बिद्रोहहरु भएका छन् ।

अनि यस्तै विद्रोहहरुको परिणामस्वरुप नै राजवंशहरु र शासकहरु फेरिंदै आएका छन् । नेपालका आदिवासी जनजातिहरु विदेशी उत्पीडनको प्रतिरोध गर्दै र त्यसलाई पल्टाइदिनका निम्ति सधैँ नै विद्रोहको सहारा लिंदै आएका छन् । उनीहरु समान्ताको आधारमा हुने एकताको पक्षमा र एक जनजातिमाथि अर्को जनजातिले गर्ने उत्पीडनको विरोधमा छन् । हजारौं वर्षको लिखित इतिहास कालमा नेपाल राष्ट्रले अनेकौं राष्ट्रिय वीरहरु र क्रान्तिकारी नेताहरु जन्माएको छ । यस प्रकार नेपाल राष्ट्र गौरवशाली क्रान्तिकारी परम्परा र वीरतापूर्ण क्रान्तिकारी संस्कारको धनी छ ।

नेपालका नेपालीहरुमा यी सब गुणहरु हुँदाहुँदै पनि आजसम्म देश र जनताले मुक्ति र स्वतन्त्रता प्राप्त गर्नुको नाउँमा उही खुँखार राजवंशहरु र शासकहरु अर्थात् शासनसत्तामा रामको ठाउँमा श्यामलाई मात्र प्रतिस्थापन गर्ने र हुँदै आइरहेका छन् । यस्तो स्थिति आजसम्म किन कायम भएर आइरहेका छन् ? किनभने नेपाली समाजमा युगौंदेखि दास मालिक, सामन्ति र दलाल पुँजीवादी शासकवर्गले जनमानसमा छरिएको कुप्रभाव अर्थात दास प्रवृत्ति, आफू भलो त जगत भलो र जीविकावाद जस्तो कुप्रभाव प्राय सबैमा आन्तरिक रुपले जकडिएर रहेका छन् । त्यसबाट पूर्णरुपले मुक्त हुन सकेका छैनन् ।

यस्ता कुप्रभावबाट मुक्त हुन र गर्न वर्गीय चेतना जगाउनु अत्यावश्यक छ । किनकि नेपालमा अहिलेसम्म कायम रहिआएको वर्तमान राज्यसत्ता दलाल नोकरशाही पुँजीपति र अधसामन्ती तथा अर्धऔपनिवेशिक हुन र यसको मूल जड भनेको विदेशी साम्राज्यवाद विस्तारवाद र दलाल नोकरशाही पूँजीपति र सामन्तीहरु बीचको साँठगाँठ नै हो ।

निस्सन्देह, यी दुई शत्रुहरुमाथि प्रहार गर्नु साम्राज्यवादी विस्तारवादी उत्पीडनको तख्ता पल्टाउन राष्ट्रिय क्रान्ति गर्नु र दलाल नोकरशाही पुँजीपति र सामन्ती उत्पीडनको तख्ता पल्टाउन जनवादी क्रान्ति गर्नु क्रान्तिका मुख्य अभिभारा हुन् । यीमध्ये मुख्य र पहिलो अभिभारा चाहिँ साम्राज्यवाद विस्तारवादको तख्ता नपल्टाउन्जेलसम्म दलाल नोकरशाही पुँजीपति र अर्धसामन्ति वर्गको शासनलाई पनि ढाल्न सकिन्न, किनभने यसको आड भन्नु नै साम्राज्यवाद विस्तारवाद हो ।

यी दुई महान् अभिभाराहरु पूरा गर्न वर्गीय चेतनाको अभावमा असम्भव छ । त्यसो त नेपालमा जमिन्दारी प्रथा उन्मूलन गरिसकेको र भइसकेको छ भन्ने गरेता पनि पूँजीवादी व्यवस्था भइनसकेको अर्ध सामन्ति (अर्धजमिन्दारी) प्रथा कायम रहि आएको छ । दलाल पूँजीवादी अर्ध–सामन्ति प्रथा नेपालमा साम्राज्यवादी विस्तारवादीहरुको मुख्य सामाजिक आधार हो ।

यिनीहरु त्यस्ता वर्ग हुन् जस्ले राष्ट्रिय पुँजीपति, किसान समूह र निम्न पुँजीपमिाथि शोषण, दमन र उत्पीडन गर्न अर्धसामन्ती अर्धऔपनिवेशिक व्यवस्थालाई प्रयोग गर्छ, नेपालको राजनैतिक, आर्थिक र सांस्कुतिक उथानमा बाधा अर्चन पैदा गर्छ र कुनै किसिमको प्रगतिशील भूमिका खेल्दैन । त्यसकारण वर्गका रुपमा यिनीहरु क्रान्तिको प्रहारको निशाना हुन, प्रेरक शक्ति होइनन् ।

दलाल पूँजीपति वर्ग र राष्ट्रिय पूँजीपति वर्गबीचमा भिन्नता छ । दलाल पुँजीपति वर्ग एउटा त्यस्तो वर्ग हो जसले साम्राज्यवादी र विस्तारवादी देशहरुका पुँजीपतिको प्रत्यक्ष रुपले तहल सेवा गर्छ र तिनैबाट यसको पालन पोषन हुन्छ । असंख्य शत्रुहरुले गाउँले सामन्ती शक्तिहरुसँग यसको नाता गाँसेका छन् । त्यसकारण यो नेपाली क्रान्तिको प्रहारको निशाना हो र क्रान्तिको इतिहासमा यो वर्ग कहिल्यै पनि प्रेरक शक्ति भइआएको छैन । बरु यसको उल्टो राष्ट्रघाती काममा सधैँ अग्रसर भइआएको देखिन्छ ।

राष्ट्रिय पुँजीपति वर्ग दोहोरो चरित्र भएको वर्ग हो भन्नुको मतलव, एकातिर यो साम्राज्यवादबाट उत्पीडन र सामन्तवादी माखेसाङलोमा जकडिएको हुनाले यी दुबैसँग यसको अन्तरविरोध छ । यस अर्थमा यो क्रान्तिकारी शक्तिहरु मध्यकै एक हो । नेपाली क्रान्तिको इतिहासमा साम्राज्यवाद र दलाल नोकरशाही पुँजीपति वर्ग तथा अर्ध–सामन्ति वर्ग युद्ध सरदारहरुको सरकारविरुद्ध लड्नमा यसले उत्साह देखाएको छ ।

तर अर्कोतिर, यो आर्थिक र राजनैतिक दृष्टिले कमजोर हुनाले र साम्राज्यवाद तथा सामन्तवादसँग यसका आर्थिक सम्बन्ध रहेको हुनाले यससँग साम्राज्यवाद र सामन्तवादको पूर्णरुपले विरोध गर्ने साहसको अभाव छ । जनताका क्रान्तिकारी शक्ति अर्थात् दश वर्षिय महान् जनयुद्ध क्रान्तिकारी छलाङ्ग मार्दै अगाडि बढ्दै गर्दा यो कुरा अरु प्रस्ट देखियो ।

राष्ट्रिय पुँजीपति वर्गको यो दोहोरो चरित्रको परिणाम खास–खास अवसर र खासखास हदसम्म यसले साम्राज्यवाद, विस्तारवाद, दलाल नोकरशाही पूँजीवाद तथा अर्ध–सामन्तवादी युद्ध सरदारविरुद्ध क्रान्तिमा भागलिन सक्छ र यो एउटा क्रान्तिकारी शक्ति बन्न सक्छ । तर, अन्य परिस्थितिमा भने दलाल नोकरशाही पूँजीपति वर्गको अनुयायी बनेर यसले प्रतिक्रान्तिमा उसको सहयोगीको रुपमा काम गर्ने खतरा पनि रहन्छ भन्ने कुरो, वर्गीय तथा राष्ट्रिय आत्मासमर्पनवादी प्रचण्डले नेतृत्व गरेको प्रतिक्रान्तिमा यो कुरो प्रष्ट हुनेगरी देखियो ।

निम्नपुँजीपति वर्गमा किसान समुदाय बाहेक बुद्धिजीवी, साना व्यापारी, दस्तकार र पेशेवर मानिसको व्यापक संख्या पर्दछ । उनीहरुको स्थिति मध्यम किसानको स्थितिसँग केही मिल्दोजुल्दो छ । उनीहरु सबै नै साम्राज्यवाद, विस्तारवाद, अर्धसामन्तवाद र दलाल पुँजीपति वर्गको उत्पीडनको शिकार भएका छन् र उनीहरु झनझन् टाट् पल्टाइ वा हरिकङ्गालको स्थितितिर धकेलिंदै छ । त्यसैले निम्न पूँजीपति वर्गका यी भागहरु क्रान्तिको प्रेरक शक्तिमध्येको एक र सर्वहारा वर्गका भरपर्दो सहयोगी हुन् । सर्वहारा वर्गको नेतृत्वमा मात्र तिनले आफ्नो मुक्ति हासिल गर्न सक्छ ।

बुद्धिजीवी र विद्यार्थी युवाहरु । यी मानिसहरुको छुट्टै वर्ग वा तप्का हुँदैन, तर तिनको पनरिवारिक श्रोत, रहन् सहन्को स्थिति र राजनैतिक दृष्टिकोणको आधारमा हेर्दा तिनलाई निम्पुँजीपतिपति वर्गकै काँटमा राख्न सकिन्छ । बितेको केही वर्षमा तिनको संख्या औधी बढेको छ । साम्राज्यवाद, विस्तारवाद, दलाल पुँजीपति वर्ग अर्धसामन्ती वर्गसँग मिलेर तिनको निम्ति जनविरोधी काम गर्ने बुद्धिजीवीको डफ्फा बाहेक अधिकांश बुद्धिजीवी विद्यार्थीहरु साम्राज्यवाद, विस्तारवाद, दलाल पुँजीपति वर्ग र अर्धसामन्तवादी वर्गबाट उत्पीडित छन् ।

त्यसकारण उनीहरुमा क्रान्तिप्रति तिब्र झुकाव हुन्छ । उनीहरुले क्रान्तिको चरणमा अक्सर गरेर अगुवाको भूमिका खेल्दछन् अथवा जन–समूहसँग गाँसिने सेतुको काम गर्छन् । क्रान्तिकारी बुद्धिजीवीहरुले आफूभित्र आफैले चाल नपाउने गरी सामन्ती संस्कारबाट प्रभावित भई पनपनाइरहेको मनोगतवादी, व्यक्तिवादी प्रवृत्ति र अव्यावहारिक सोचाइबाट माथि उठी, जनसमूहका स्वार्थहरुको सेवा गर्ने र उनीहरुसँग एकाकार हुने अठोटका साथ तनमनले जनसंघर्षहरुमा समर्पित भई आइरहेको स्थितिमा केही संकटको घडीहरु आइपर्दा, उनीहरुमध्ये केही क्रान्तिकारी पङ्तिबाट अलग्गिएर निस्क्रिय बन्न सक्छ र केहि चाहिं पूरै क्रान्तिविरुद्ध लाग्न पनि सक्छ । तर, लामो समयको जनसंघर्षबाट बुद्धिजीवीहरुले आफूमा रहेको यस्ता कमिकमजोरी हटाउन सक्छन् ।

साना व्यापरीहरु साधारणतया साना व्यापारीहरुले ससाना पसलहरु राख्ने गर्छन् । यिनीहरु साम्राज्यवाद, विस्तारवाद, ठुला व्यापारीहरु र व्याजखोरको शोषणको परिणाम स्वरुप उनीहरु टाट् पल्टिने डरले औधि–काबु भइरहन्छ ।

दस्तकारहरु, यिनीहरुको संख्या पनि कम छैन । उनीहरुसँग आफ्नै उत्पादनका साधन हुन्छन् । उनीहररुले प्रायजसो खेताला राख्दैनन्, कसै कसैले राखिहाले पनि एकाध सिकारु वा सहायक राख्छन् । उनीहरुको स्थिति खासमा मध्यम किसानको जस्तै हुन्छ ।

निम्न पुँजीपति वर्गको यस भागबाट विशाल जन–समुदाय बन्दछ । साधारणतया यी मानिसहरुले क्रान्तिको समर्थन गर्न वा क्रान्तिमा भागलिन सक्ने हुनाले यिनीहरु हाम्रा असल सहयोगी हुन् र यिनीलाई हामीले आफूतिर तान्नै पर्छ र यिनका स्वार्थको रक्षा गर्नै पर्छ । यिनीहरुमा कमजोरी के छ भने कोही कोही पुँजीपति वर्गबाट सजिलै प्रभावित हुन्छन् । त्यसैले तिनको माझमा क्रान्तिकारी प्रचार तथा संगठनात्मक कार्य गर्नु जरुरी छ ।

कृषि प्रधान देश नेपालको कूल जनसंख्यामा किसान समूदाय झन्दै ८०, ९० प्रतिशत छ र यो नेपालको अर्थ व्यवस्थाको मूल स्तम्भ (मुख्य शक्ति) हो । यिनीहरु सामान्यतया तीन तहमा बाँडिएका छन्, धनी किसान, मध्यम किसान, गरीब किसान ।

धनी किसानः धनी किसानहरु तराइ र ग्रामिण जनसंख्याको ५ प्रतिशत जति छ, यिनीहरु सित जमिन्दारहरु समेत मिलाएर भन्ने हो भने लगभग त्यस्तै ७, ८ प्रतिशत पुग्छ होला । ग्रामिन बुर्जुवा बर्ग यिनीहरु बाटै बनेका छन् । उनीहरुसँग भएको आफ्नो जमिनको केही भाग कुतमा लगाउने गर्छ । अनि ब्याजखोरको कारोबार गर्नुको सँगै खेत मजुदुरहरुको निर्मम शोषन गर्ने गर्छन् । यसो हुुँदाहुँदै पनि साधारणतया उनीहरु पनि श्रम गर्छन र यस अर्थमा उनीहरु किसान समूदायकै एक अङ्ग हुन् ।

उनीहरुले सामान्यतया किसान समूदायको साम्राज्यवाद विरोधी संघर्षमा केहि योगदान दिन सक्छ तर जमिन्दार विरोधी कृषि क्रान्तिकारी संघर्षमा भने योगदान होइन, तटस्थसम्म रहन सक्छ । त्यसकारण हामीले धनि किसानलाई जमिन्दार वर्गकै अङ्ग ठान्नु र बेला नहुँदै धनी किसान समुदायलाई नष्ट गर्ने नीति अपनाउनु हुँदैन ।

मध्यम किसान तराई र ग्रामीण जनसंख्याको पुगनपुग २५ प्रतिशत जति छ । उनीहरु आर्थिक दृष्टिकोणले आत्मनिर्भर छन् । उनीहरुमध्ये केहीसँग पुग्दो मात्राको जमिन छैन । बालिनाली राम्रो भएको बेला यसो केही बचाउन सक्छन् र यसैबाट केही रकम ब्याजमा लगाउन सक्छन्् । तर यसो भनेर फेरि सामन्ीत र ठूला पुँजीपतिहरुले जस्तो निर्मम शोषण गर्दैनन् । तर उनीहरु आफै साम्राज्यवाद, विस्तारवाद, जिमिन्दार वर्ग र पुँजीपति वर्गबाट शोषित छन् ।

तीमध्ये केही सम्पन्न मध्यम किसानसँग मात्र के केही बचत जमिन छ । मध्यम किसानहरु साम्राज्यवाद विरोधी क्रान्ति र कृषि क्रान्तिमा मात्र सामेल नभइ तिनले समाजवादलाई पनि स्वीकार्न सक्छन् । यसकारण सिङ्गो मध्यम किसान समुदाय सर्वहारा वर्गको भरपर्दो सहयोगी र क्रान्तिको एक महत्वपूर्ण प्रेरक शक्ति हुनसक्छ ।

गरीब किसानहरु, नेपालमा खेत मजदूरहरु समेत गरेर गरीब किसानको संख्या तराई र ग्रामीण जनसंख्याको ७० प्रतिशत जति छ तिनीहरु जमिन नभएका वा ज्यादै बम भएका ब्यापक किसान जनसमूह हुन् । यस अर्थमा तिनीहरु गाउँले इलाकाका अर्थसर्वहारा, नेपाली क्रान्तिको सबैभन्दा विसाल संख्या भएको प्रेरक शक्ति, सर्वहारा वर्गको स्वभाविक र भरपर्दो सहयोगी तथा नेपाली क्रान्तिकारी शक्तिहरुको मुख्य डफ्फा हुन् । गरीब तथा मध्यम किसानहरुले सर्वहारा वर्गको नेतृत्वमा मात्र आफ्नो मुक्ति हासिल गर्न सक्छन् र गरीब तथा मध्यम किसानसँग दरिलो साइनो गाँसेर मात्रै सर्वहारा वर्गले क्रान्तिलाई विजय तर्फ डो¥याउन सक्छ ।

नेपालको सर्वहारा वर्गमा आधुनिक औद्योगिक मजदुरहरुको संख्या झन्दै ५ लाख जति छ । शहरका साना उद्योग धन्दा र कारखानामा काम गर्ने मजदुरहरु, होटल, पसलका सहायकहरु, सेक्युरिटी, यातायात मजदूरहरु र अन्य निर्माण मजदुरहरु समेत गरेर कूल संख्या ३६ लाख जति छ, तराइ र गाउँहरुको विशाल संख्यामा अर्धसर्वहाराहरु (खेत मजदुरहरु) छन् ।

विश्वका अरु देशहरुमा बिरलै पाइने खालको बरबर र क्रुरु र किसिमको चारौं तहको उत्पीडन साम्राज्यवाद, विस्तारवाद, अर्ध सामन्तवाद र दलाल पुँजीवादको सिकार भएको हुनाले नेपाली सर्वहारा वर्ग अरु कुनै पनि वर्ग भन्दा बढी दृढतासाथ र पूर्णतया क्रान्तिकारी संघर्षमा डट्छ । दलाल नोकरशाही पुँजीवाद तथा अर्ध–सामन्तवाद, अर्ध–औपनिवेशिक नेपालमा, विकसित मुलुकहरुमा जस्तो सामाजिक सुधारवादको कुनै पनि आर्थिक आधार नभएको र नेपालको कम्युनिष्ट आन्दोलनमा देखिने गरी चल्ने हावाहुरीको भ्रममा यसमध्ये केही मजदुरद्रोही बाहेक सिङ्गो सर्वहारा वर्ग औधि क्रान्तिकारी छ ।

नेपाली सर्वहारा वर्गको जन्म मुख्यतया टाट् पल्टेका किसानहरुबाट भएकोले किसान समुदायसँग यसको स्वाभाविक सम्बन्ध छ, जस्ले गर्दा, किसान जनसमूहसँग घनिष्ट मितेरी गाँस्न यसलाई सजिलो पर्छ ।

नेपालका सर्वहाराहरु क्रान्तिकारी मैदानमा उत्रेदेखि नै क्रान्तिकारी पार्टी नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहिआएको छ र नेपाली समाजको राजनैतिक दृष्टिले सबभन्दा सजग बन्न पुग्यो । नेपाली सर्बहारा वर्ग नेपाली क्रान्तिको आधारभूत प्रेरक शक्ति हो । सर्वहारा वर्गको नेतृत्व बिना नेपाली क्रान्ति सफल हुन असम्भव छ । विगत कालमा भएको क्रान्तिको उदाहरण लिऔं । २००७ सालको क्रान्ति विफल हुनुको कारण के थियो भने सर्वहारा वर्गले त्यसमा भाग लिएको थिएन ।

त्यस बखत भरखर मात्र नेपाल कम्युनिष्ट पार्टीको उदय् भएको थियो । त्यसपछिको क्रान्तिहरुमा पनि सर्वहारावर्गको नेतृत्व र जागरुक सहभागिता थिएन । नजिकको उदाहरण लिने हो भने ०५२–०६२ सालतिरको दश वर्षिय महान जनयुद्धले केही कालसम्म महान् सफलता हासिल ग¥यो, किनभने सर्वहारा वर्गले जागरुकतासाथ त्यसमा भाग लिएको र नेतृत्व गरेको थियो । तर यसै बिच त्यसको सुप्रिम कमाण्डर तथा प्रमुख नेतृत्व प्रचण्डको गद्दारीले गर्दा सफलताको चुचुरो चुम्दाचुम्दै पछिल्तिर धकेल्न पुग्यो ।

नेपाली सर्वहारा वर्गले अत्यन्तै महत्वकासाथ बुझ्नु पर्ने कुरो भनेको यो उच्चतम् राजनैतिक चेतना र संगठनको उच्चतम् भावना भएको वर्ग भएता पनि यसले आफ्नै मात्र बलले विजय प्राप्त गर्न सक्नेछैन । विजय प्राप्त गर्नको निम्ति यसले विभिन्न परिस्थिति अनुसार क्रान्तिमा भाग लिनसक्ने सबै वर्ग र तप्काहरुसँग एकतावद्ध हुनैपर्छ र क्रान्तिकारी संयुक्त मोर्चा गठन गरेर अगाडि बढ्नु पर्छ ।

नेपालको नयाँ जनवादी क्रान्तिमा सर्वहारा वर्ग, किसान समुदाय र निम्न पुँजीपति वर्गका अरु भागहरुको शक्तिलाई संघर्षको निम्ति पङ्तिवद्ध गर्ने कुरामा वा राज्यसत्ता गठन गर्ने काममा उपेक्षा गर्न सकिंदैन । यी वर्गहरुलाई अवहेलना गर्न खोज्ने जोसुकै पनि नेपाल राष्ट्रको समस्या हल गर्न वा वास्तवमा नेपालको कुनै पनि समस्या हल गर्न अवश्यै असमर्थ हुनेछ । नेपालको नयाँ जनवादी क्रान्ति पूर्णतया टुङ्गोमा पु¥याउनुको सँगसँगै हामीले नेपालमा त्यस्तो जनगणतन्त्रको स्थापना गर्नुपर्छ  जसमा मजदूर, किसान र निम्न पुँजीपति वर्गका अरु भागहरु सबैले निश्चित स्थान योगदान र निश्चित भूमिका खेल्न सकून् ।

अर्को शब्दमा, यो मजदूर, किसान, सहरिया निम्न पुँजीपति वर्ग र साम्राज्यवाद, विस्तारवाद, दलाल नोकरशाही पुँजीपति वर्ग र अर्धसामन्तवादविरोधी अरु सबै मानिसहरुको क्रान्तिकारी एकतामा आधारित एउटा जनवादी गणतन्त्र हुनुपर्छ । सर्वहारा वर्गको नेतृत्वमा मात्र यस्तो गणतन्त्रलाई साकार पार्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर