८ मार्चको आन्दोलनसँगै साम्राज्यवादीहरु लखेटिने छन : मादुरो

प्रकाशित मिति : २०७५ फाल्गुन २२

काठमाडौं । भेनेजुएली राष्ट्रपति निकोलास मादुरोले ८ मार्चको मजदुर तथा महिलाको आन्दोलनसँगै अमेरिकी साम्राज्यवादीहरु लखेटिने बताएका छन् । हाल अमेरिका विरुद्ध कुटनीतिक लडाइँमा रहेको भेनेजुएला आन्तरिक रुपमा अमेरिकी दलाल हुआँ गुएइदोको अराष्ट्रिय शक्तिसँग लडिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जसरी पनि भेनेजुएलामा गुएइदोको नेतृत्वमा अमेरिकी दलाल सत्ता स्थापना गर्न चाहन्छ । भेनेजुएलाको तेल चोरी गरेर लामो समय बाँचेको अमरिकी साम्राज्य ह्युगो चाबेजको आगनपछि भेनेजुएलाबाट लखेटिएको थियो । चाबेजको मृत्युपछि सापेक्षतामा कमजोर रहेका भेनेजुएली राष्ट्रपति मादुरोलाई सत्ताच्युत गराएर फरि तेलचोरीको कार्यलाई निरन्तरता दिन चाहन्छ ।

तर भेनेजुएली जनता कुनै पनि हालतमा साम्राज्यवादीलाई भेनेजुएलामा प्रवेश नदिने अडानमा रहेका छन् । हाल भेनेजुएलामा अमेरिकी साम्राज्यवाद र भेनेजुएली जनताका बीचमा कुटनीतिक लडाइँमा अघि बढिरहेका छन् । यसलाई भेनेजुएली राष्ट्रपति मादुरोले मार्च ८ बाट सडक संघर्षमा परिणत गरिने भनी सार्वजनिक रुपमा जनतालाई आह्वान गरेका छन् ।

हाल अमेरिकी साम्राज्यवादले राहत पठाइएको भन्दै आफ्ना जासुस तथा फौजहरुलाई भेनेजुएलामा भित्र्याउन निकै लागिपरिरहेको छ । तर भेनेजुएली सेनाले यो खाले घुसपैठमा रोक लगाउँदै आएको छ ।

भेनेजुएलामाथि निरन्तर जारी राखेको अमानवीय नाकाबन्दी फुकुवा गर्न र भेनेजुएली सार्वभौमिकताको सम्मान गर्न रुसले अमेरिकालाई चेतावनीसहित सुझाव दिएको छ ।