देजमो अध्यक्ष गजुरेलको उद्घोष, ‘अब सडक आन्दोलनबाट यो सरकार, व्यवस्था र संविधान फालिन्छ’

देजमो अध्यक्ष गजुरेलको उद्घोष, ‘अब सडक आन्दोलनबाट यो सरकार, व्यवस्था र संविधान फालिन्छ’

चितवन । देशभक्त जनगणतान्त्रिक मोर्चाको नेतृत्वमा सञ्चालित १५ दिने मेची–महाकाली अभियानको समापन सभालाई सम्बोधन गर्दै मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले अब सडक आन्दोलनबाटै यो सरकार, व्यवस्था र संविधान फालिने उद्घोष गरेका छन् । देशका ३० वटा भन्दा बढी जिल्लामा सयभन्दा बढी विभिन्न कार्यक्रम सम्पन्न गरेको अभियान उद्देश्य अनुरुप मूलतः सफल रहेको चर्चा गर्दै अध्यक्ष गजुरेलले अभियानको क्रममा जनताले सडक आन्दोलनका लागि मोर्चालाई म्याण्डेट दिएको समेत दावी गरे ।

अध्यक्ष गजुरेलले क्रान्ति आवश्यक छ, सम्भव छ र हुन्छ भन्दै त्यसका लागि परिवर्तनकामी आम जनतालाई आव्हान समेत गरे । राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका समस्याहरु विकराल बन्दै गएको चर्चा गर्दै उनले वर्तमान सरकार, व्यवस्था र संविधान रहेसम्म मुलुकले दुर्दसा व्यहोरिरहनु पर्ने समेत टिप्पणी गरे । उनले भने, “अब यो सरकार, व्यवस्था र संविधान फाल्नै पर्छ ।” उनले भने, “त्यसको लागि अब सडक आन्दोलनको नेतृत्व देजमोले गर्छ ।”

सभामा सप्तगण्डकी कलेजबाट निकालिएको तीनसय विद्यार्थीको ¥याली समेत सहभागी भएको थियो । ¥यालीको नेतृत्व विध्यार्थी संगठनका अध्यक्ष हरिकृष्ण गजुरेल, सचिवहरु सुर्य कार्की, मनकुमार न्यौपाने, दीपेन्द्र लामिछाने, महेश श्रेष्ठ, केस दिपक पोखरेल, जिल्ला अध्यक्ष कृष्ण सुनार लगायतका नेताहरुले गरेका थिए । ¥यालीमा , वालकुमारी, विरेन्द्र बहुमुखी, पोलिटेक्निक, नेपाल पोलिटेक्निक लगायतका विभिन्न कलेजबाट विध्यार्थीहरुलाई सहभागी गराइएको थियो । त्यसैगरेर चितवन, मकवानपुर, नवलपुर लगायतका जिल्लाबाट समेत जनमास जुटाइएको थियो ।