बर्दिया । अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनको बर्दियाको गुलरियामा भएको पहिलो भेलाले लक्ष्मीनारायण थारुको संयोजकत्वमा पाँच सदस्यीय वृहद् भेला आयोजक समिति निर्माण गरेको छ । भेला तयारीका लागि निर्माण गरिएको उक्त तयारी समितिले जिल्लाभर शिक्षकहरुका माझ संगठनको जालो फैलाउने र भव्य रुपमा शिक्षक संगठनको निर्माण गर्ने निर्णय पनि गरेको छ ।

हार्दिक शुभकामना !

कार्यक्रमका मुख्य अतिथि तथा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय समिति सदस्य तथा जिल्ला इञ्चार्ज क. शङ्कुलले नेपालको राजनीतिक, सामाजिक तथा शैक्षिक रुपान्तरणका लागि शिक्षकहरुले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । उक्त भूमिका निर्वाह गर्दा शिक्षकहरुले भौतिक, नैतिक तथा मनोवैज्ञानिक योगदानहरु गर्दै आएको स्मरण गर्दैै क. शङ्कुलले अबका दिनहरुमा पनि विगतका दिनहरुमा झैं नेपाली समाज रुपान्तरणका लागि थप योगदान दिन तयार रहनु पर्ने कुरामा जोड दिएका थिए ।

उनले अहिले पार्टी संगठन निर्माण तथा जनपरिचालनको एक अध्याय सफलताका साथ पूरा गरेर संगठन, संघर्ष र संगठन निर्माणको थप अभियानमा जुटिरहेको बताए । उनले पार्टी अब फेरि पनि वर्गयुद्धको तयारीमा अघि बढिरहेकाले संगठन निर्माण र परिचालनमा गुणात्मकता ल्याउनुपर्ने कुरामा जोड दिए ।

बर्दिया जिल्लाका पार्टी सेक्रेटरी क. लोकेशले शैक्षिक क्षेत्र सुधारका लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भन्दै त्यसले सामाजिक, राजनीतिक तथा शैक्षिक आन्दोलनलाई साथसाथै माथि उठाउन सघाउ पुर्याउने बताए । उनले शिक्षक, अभिभावक र विद्यार्थी जनतासँग जोडिएका हुनाले परिवर्तका लागि उनीहरुको भूमिका निकै महत्वपूर्ण हुने कुरामा पनि जोड दिए । सबै श्रमजीवी शिक्षकहरुलाई एक जुट हुन आह्वान गर्दै उनले परिवर्तनका लागि शिक्षकहरु अग्रपंक्तिमा आउनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा शिक्षक तथा स्थानीय कार्यकर्ताहरुको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर